विद्युत प्राधिकरणले सञ्चालनमा ल्यायो अत्याधुनिक डेटा सेन्टर

नेपाल विद्युत प्राधिकरणले अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक डेटा सेन्टर सञ्चालनमा ल्याएको छ।

प्राधिकरणले भविष्यमा व्यवसायिक कम्पनीलाई समेत सेवा उपलब्ध गराउन सक्ने गरी काठमाडौंको स्युचाटारस्थित भार प्रेषण केन्द्रसँगै अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तको डेटा सेन्टर सञ्चालनमा ल्याएको हो।

ुप्रि फेब्रिकेटेड कन्टेनरु प्रयोग गरी तयार गरिएको तीन तलाको भवनको भुइँ तलामा काठमाडौं उपत्यकाको भूमिगत विद्युत वितरण प्रणाली अनुगमन, नियमन तथा नियन्त्रण र सुरक्षा सञ्चालन कक्ष छन्।

पहिलो तलामा कार्यालय तथा नेटवर्क सञ्चालन कक्ष र सबैभन्दा माथिल्लो तलामा डेटा सेन्टर राखिएको छ।

डेटा सेन्टरका लागि तोकिएको टियर ३ अन्तर्राष्ट्रिय मापदण्डलाई पालना गरी निर्माण गरिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले आफ्नो सेवा प्रवाहलाई डिजिटल तथा आधुनिक बनाउने उद्देश्यलाई पूरा गर्न डिजिटल एनइए कार्यक्रम अन्तर्गत निर्माण गरिएको यो मोडलको डेटा सेन्टर नेपालमै पहिलो भएको उल्लेख गरिएको छ।

डेटा सेन्टरमा प्राधिकरणका सूचना प्रविधिसँग सम्बन्धित सर्भर लगायतका सबै डेटा एकीकृत भण्डार गरी क्रमशः राखिने छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेटा सेन्टर सञ्चालनमा आएसँगै प्राधिकरणले अब डेटा भण्डारणका लागि आफ्नो छुट्टै प्राइभेट क्लाउड बनाउन लागिरहेको बताए।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.