सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोपसहित उजुरी

नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ । लामिछानेविरूद्ध जिल्ला प्रहरी कार्यालय टेकुमा मंगलबार बलात्कारको आरोपसहित उजुरी परेको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र सिंह धानुकका अनुसार एक किशोरीले लामिछानेविरुद्ध आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै जाहेरी दिएको र पीडितको स्वास्थ्य परीक्षण पनि भइसकेको छ । स्वास्थ्य जाँचपछि पीडितलाई प्रहरीको संरक्षणमा राखिएको बताइएको छ ।

लामिछाने हाल क्यारेबियन प्रिमियर लिग ९सिपिएल० खेल्न सेन्ट लुसिया पुगेका छन् । त्यसअघि लामिछानेको कप्तानीमा राष्ट्रिय क्रिकेट टोली केन्या भ्रमणमा गएको थियो । सो घटना त्यसअघि भएको बताइएको छ ।

लामिछानेमाथि लागेको अभियोग पुष्टि भए बलात्कार गरेको अभियोगमा मात्रै १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुनसक्छ । मुलुकी अपराध संहिताको दफा २१९ को जबरजस्ती करणी गर्न नहुने कसूरको उपदफा ९३० ९घ० मा पीडित १६ वर्षदेखि माथि १८ वर्षसम्म भए १० देखि १२ वर्षसम्म कैद सजाय हुने भनिएको छ ।

उपदफा २ मा १८ वर्षभन्दा कम उमेरका कुनै बालिकासँग सहमतिमा सम्बन्ध राखे पनि करणी भएको मानिने भनिएको छ ।

पीडितले आफूलाई पिंगलास्थानको होटल काठमाडौं इनमा दुई पटक बलात्कार गरेको भनेकी छन् । त्यसअघि आफूलाई नगरकोट लगेको पनि बताएकी छन् ।

नगरकोटमा सन्दिपले दुर्व्यवहार गर्ने मनसायले लामो समयसम्म राखेको अनुसन्धान अधिकृतहरू बताउँछन् । त्यसैले पीडित नाबालिक भएकाले यसमा मुलुकी अपराध संहिता २०७४ को दफा २५५ मा उल्लेखित बालयौन दुरुपयोग गर्न नहुने कसूर पनि आकर्षित हुन्छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.