सन्धिखर्क–तम्घास १३२ केभी प्रसारण लाइन र तम्घास सबस्टेसन निर्माण पूरा

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ फुदवाङदेखि गुल्मीकोे रेसुंगा नगरपालिका–७, उनायचौर ९तम्घास०सम्मको १३२ किलोभोल्ट ९केभी० डबल सर्किट प्रसारण लाइन निर्माण पूरा भएको छ।

साथै, सोही प्रसारण लाइनअन्तर्गत उनायचौरमा १३२ केभी तम्घास सबस्टेसन पनि निर्माण सकिएको छ।

नेपाल विद्युत प्राधिकरणले सन्धिखर्क–तम्घास करिब १६ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन र १३२ केभी तम्घास सबस्टेसन निर्माण सम्पन्न गरी बुधबारबाट सञ्चालनमा ल्याएको हो।

सबस्टेसनमा १३२र३३ केभी, ३० एमभिए र ३३र११ केभी, १६ एमभिए क्षमताका पावर ट्रान्सफर्मरहरू छन्। प्रसारण लाइनबाट करिब दुई सय मेगावाट विद्युत प्रवाह हुनेछ।

सबस्टेसनबाट स्थानीय विद्युत आपूर्तिका लागि तीन ३३ केभीका र चार ११ केभीका फिडरहरू निर्माण गरिएका छन्।

त्यसमध्ये ३३ र ११ केभीका २र२ वटा फिडर सञ्चालनमा ल्याई स्थानीय रूपमा विद्युत आपूर्ति गरिएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन र सबस्टसन सञ्चालनमा आएपछि मुख्य रूपमा गुल्मी जिल्लाको विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुनुका साथै प्राविधिक चुहावट पनि कम हुने बताए।

ु३३ केभी लाइन धेरै लामो हुँदा छिनछिनमा लाइन बिच्छेद ९ट्रिपिङ० हुने, कम भोल्टेज लगायत समस्या थियो। अब १३२ केभी प्रसारण लाइन र सबस्टेसनबाट स्थानीय रूपमा विद्युत आपूर्ति हुन थालेपछि समस्या समाधान भई विद्युत आपूर्ति पर्याप्त, भरपर्दो र गुणस्तरीय हुनेछ,ु उनले भने, ुसोही प्रसारण लाइनबाट विद्युत प्रवाह हुने गरी ४० मेगावाटका सौर्य आयोजनाका लागि टेण्डर गरिएको छ, अन्य निजी क्षेत्रका जलविद्युत आयोजनाहरू पनि जोडिने हुँदा यो प्रसारण लाइन त्यस क्षेत्रको ट्रंक लाइन हो।ु

बुटवलबाट ३३ केभी प्रसारण लाइनमार्फत पाल्पा, अर्घार्खाची र गुल्मीमा विद्युत आपूर्ति हुँदै आएको थियो।

३३ केभी प्रसारण लाइन धेरै लामो हुँदा लाइन ट्रिप भएर झ्याप्प झ्याप्प बत्ति जाने र भोल्टेज समस्या थियो। साथै प्राविधिक चुहावट पनि थियो।

कपिलवस्तुको मोतीपुरबाट अर्घाखाँचीको सन्धिखर्कसम्मको १३२ डबल सर्किट प्रसारण लाइन र १३२ केभी सन्धिखर्क सबस्टेसन निर्माण गरी २०७८ चैतबाट सञ्चालनमा आएपछि सोही सबस्टेसनबाट गुल्मीमा विद्युत आपूर्ति हुँदै आएको थियो।

बुटवलबाटभन्दा सन्धिखर्क सबस्टेसनबाट लगिएको ३३ केभी लाइन केही छोटो भएता गुल्मीको विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुन सकिरहेको थिएन। अब तम्घास सबस्टेसनबाट विद्युत आपूर्ति दिँदा लाइन छोटो हुने हुँदा त्यस क्षेत्रको विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ।

बुर्तिवाङ–पौदी–अमराई–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत सन्धिखर्क–तम्घास प्रसारण लाइन र तम्घास सबस्टेसन निर्माण गरिएको हो।

आयोजनाअन्तर्गत नै कपिलवस्तुको बाणगंगा नगरपालिका–७ स्थिति १३२ केभीको मोतीपुर सबस्टेसन, सोही सबस्टेसनबाट सन्धिखर्कसम्मको लाइन तथा सन्धिखर्क सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन्।

आयोजनाअन्तर्गत तम्घासबाट पाउदी अमराई हुँदै बाग्लुङको बुर्तिबाङसम्म १३२ केभी प्रसारण लाइन र पाउदी अमराइ तथा बुर्तिबाङ सबस्टेसन निर्माणाधीन छन्।

दुवै सबस्टेसनहरूको निर्माण अन्तिम चरणमा छ। रुख कटानको समस्याका कारण प्रसारण लाइन निर्माण प्रभावित भइरहेको आयोजना प्रमुख मनोज चौधरीले बताए।

उनले तम्घास–पाउदी अमराई प्रसारण लाइनका सबै टावर निर्माण भइसकेको र रूख कटानको स्वीकृति नपाउँदा तार तान्न नसकिएको उल्लेख गरे। यसले गर्दा पाउदी अमराई सबस्टेसन सञ्चालनमा ल्याउन नसकिएको आयोजना प्रमुख चौधरीले बताए।

बुर्तिवाङ–पौदी–अमराई–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजनाको अनुमानित लागत ३ करोड ९५ लाख अमेरिकी डलर छ।

नेपाल सरकार र प्राधिकरणको लगानीमा आयोजना सुरू गरिएको थियो। उक्त प्रसारण लाइनमा जोड्ने गरी निजी क्षेत्रका ७ वटा जलविद्युत आयोजनासँग १३० मेगावाटको विद्युत खरिद बिक्री सम्झौता ९पिपिए० गरिएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.