साढे ५३ अंकले ओर्लिँदा २७ सय विन्दुमुनि नेप्से, साढे १० अर्बको कारोबार

सेयरबजार परिसूचक नेप्से ५३.६३ अंकले घटेको छ । १.९५ प्रतिशतले घटेसँगै सेयरबजार २७ सय विन्दुबाट झरेर २६९५.९३ मा पुगेको हो ।

आज बजारमा १० अर्ब ५१ करोडको सेयर किनबेच भएको छ । २ करोड ६२ लाख कित्ता सेयर बिक्रीमा उक्त कारोबार भएको हो । आज २०९ कम्पनीको सेयर मूल्य घटेको छ भने ३१ वटाको मात्रै बढेको छ भने ४ वटाको स्थिर छ ।

आज सुपर माई हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशत र हिमालयन पावर पार्टनरका लगानीकर्ताले ९।८७ प्रतिशत कमाए पनि बाँकी लगानीकर्ताले अधिकतम ८।७३ प्रतिशतसम्म मात्र प्रतिसेयर आम्दानी गरेका छन् ।

घटेकामध्ये पिपुल्स पावर र माई खोला हाइड्रोपावरको सेयरमा नकारात्मक सर्किट लागेको छ । ४ कम्पनीको सेयर ९ प्रतिशतले घटेको छ । बैंकिङ २.३४, विकास बैंक १.८५, फाइनान्स ३.४४, होटल तथा पर्यटन २.९८, हाइड्रोपावर २.४०, लगानी १.३३, जीवन बीमा १.४४, उत्पादन तथा प्रशोधन १.८०, माइक्रोफाइनान्स १.८८, निर्जीवन बीमा १.२३, अन्य १.०४ र व्यापार समूह ०.१९ प्रतिशत घटे ।

कारोबारतर्फ गुडविल फाइनान्सको ५२ करोड, हिमालय रि इन्स्योरेन्सको ३३ करोड, नेपाल फाइनान्सको ३३ करोड, अपि पावरको २६ करोडको सेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.