साताको अन्तिम कारोबारका दिन उच्च अंकले बढ्यो नेप्से

निरन्तर घटी रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार दोहोरो अङ्कले बढेर बन्द भएको छ । साताको अन्तिम कारोबारका दिन नेप्से परिसूचक ७८.१७ अङ्कले बढेर २६८८.३८ को बिन्दुमा बन्द भएको हो ।

यसदिन बजारमा १ करोड ९४ लाख ३३ हजार १५४ कित्ता शेयरको खरिद–बिक्री हुँदा ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिन बुधवारमात्रै परिसूचक २२.७३ अङ्कले घटेर २६१०.२१ बिन्दुमा अडिएको थियो । साताको पहिलो कारोबारदेखि नै निरन्तर दोहोरो अङ्कले घटेको शेयर बजारमा साताको अन्तिम कारोबारका दिन बिहीवार दोहोरो अङ्कले बढेर बन्द भएको छ ।

उच्च अङ्कले बढेको बजारमा बिन नेपाल लघुवित्त वित्तीय संस्था, ग्रीन भेन्चरस, इस्ट्रिन हाइड्रोपावर र रवा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तोमा यिनका लागनीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । त्यस्तै, बिहीवार थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा मात्रै सर्वाधिक गिरावट आएको छ । यसको शेयर मूल्य १० प्रतिशतले घटेको हो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.