सामसुङले ५ वटा बैंकसँग मिलेर स्थापना गर्यो १ अर्ब डलरको कोष ।

दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङ र पाँच बैंकले घरेलु र विदेशी बजारहरूमा कडा कार्बन नियमहरू पूरा गर्न संघर्ष गरिरहेका साना र मध्यम आकारका कम्पनीहरूलाई समर्थन गर्न साढे १ अर्ब डलरबराबरको कोष स्थापना गर्न सहकार्य गरेका छन्।
मंगलबार, सामसुङले दक्षिण कोरियाका शीर्ष पाँच वित्तीय समूहहरू र वित्तीय पर्यवेक्षक सेवासँग मिलेर, कम उत्सर्जन सुविधाहरू, उपकरण वा प्रविधिहरूमा लगानी गर्न खोज्ने साना व्यवसायहरूलाई कम ब्याजदरमा कर्जा उपलब्ध गराउने सहमति गरेको छ ।

सामसुङ इलेक्ट्रोनिक्स र यसको भातृ इकाई सामसुङ डिस्प्लेले नयाँ साझेदार ईएसजी कोषमा क्रमशः ८ करोड वन र २ करोड वन जम्मा गर्नेछन् भने पाँच ऋणदाता– केबी, शिन्हान, हाना, वुरी र एनएच नोङह्युपले २० करोड वन ऋणको रुपमा योगदान गर्नेछन्।

‘व्यवसायको अनिश्चित वातावरणका कारण सबैले कठिनाइको सामना गरिरहेका छन् । तर सम्पूर्ण आपूर्ति शृङ्खलाको दिगो विकासका लागि ठूला कम्पनी मात्र होइन, साना र मध्यम आकारका साझेदार कम्पनीहरूले पनि एएसजी व्यवस्थापनमा सहभागी हुन आवश्यक छ,’ सामसुङ इलेक्ट्रोनिक्सका उपाध्यक्ष र सह–सीईओ हान जोंग–हीले भने ।

एएसजी फण्ड अर्को महिनादेखि लागू हुने र ६ वर्षसम्म लागू हुनेछ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.