सिटिजन्स बैंकको नाफा र लाभांश क्षमता दुवै घट्यो

सिटिजन्स बैंकको गत आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ३४ करोड २४ लाख रूपैयाँ नाफा भएको छ।

अघिल्लो आर्थिक वर्ष २०७९–८० को सोही अवधिको तुलनामा यसमा २७.९ प्रतिशतले कमी आएको हो।

अघिल्लो आर्थिक वर्ष बैंकको नाफा १ अर्ब ८६ करोड ३७ लाख रूपैयाँ थियो।

खुद ब्याज आम्दानी घट्दा र कर्जा जोखिम प्रावधान रकम बढ्दा बैंकको नाफामा प्रभाव परेको हो। बैंकको गत आर्थिक वर्ष ५ अर्ब ६८ करोड रूपैयाँ खुद ब्याज आम्दानी थियो।

अघिल्ल्लो आर्थिक वर्ष यस्तो आम्दानी ५ अर्ब ८२ करोड रूपैयाँ थियो।
कर्जा जोखिम प्रावधानमा बैंकले १ अर्ब ७६ करोड रूपैयाँ छुट्याएको छ। पहिले यस्तो रकम १ अर्ब २१ करोड थियो।

बैंकको निष्क्रिय कर्जा ४.०७ प्रतिशत पुगेको छ। पहिले यस्तो कर्जा ३.३९ प्रतिशत थियो। बैंकको प्रतिसेयर आम्दानी ९ रूपैयाँ ४५ पैसामा झरेको छ।

बैंकको वितरणयोग्य नाफा ६१ करोड ६१ लाख रूपैयाँ छ। बैंकको लाभांश क्षमता ४ रूपैयाँ ३४ पैसा छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.