सिन्धुपाल्चोकमा पहिरोले एकै परिवारका तीन जनाको ज्यान गएको छ । बेथानचोक गाउँपालिका–४ चलाल गणेश स्थानमा वर्षासँगैको पहिरोमा स्थानीय ठूलीमायाँ तामाङ, उनका छोरा नीरबहादुर तामाङ र छोरी सावित्री तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार ठूलीमायाँको उपचारको क्रममा बनेपास्थित शिरमेमोरियल अस्पतालमा मृत्यु भएको हो भने नीर र सावित्रीको घटनास्थलमा नै मृत्यु भएको हो । पहिरो बिहीबार बिहान खसेको थियो ।