सूचना प्रविधि क्षेत्रको विकासका लागि नास–आइटीसँग ग्लोबल आइएमईको सहकार्य

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१–८२ को बजेटमार्फत सरकारले आगामी दशकलाई सूचना प्रविधिको दशकको प्रस्थान बिन्दुका रूपमा घोषणा गरेको छ । प्रत्यक्ष र अप्रत्यक्ष गरी १५ लाखलाई रोजगारी तथा ३० खर्बको सूचना प्रविधि निर्यात गर्ने सरकारी लक्ष्य छ । यसका लागि निःशुल्क ‘वर्क स्टेसन’, सूचना प्रविधि करिडोर र जोन लगायत घोषणा गर्ने सरकारको घोषणा छ ।

यतिबेला नेपालबाट सरकारको कुनै सहयोग बिनै वार्षिक खर्बौ रुपैयाँको सूचना प्रविधि निर्यात गरिरहेको छ । स्वस्फूर्तरुपमा सयौं कम्पनी खडा भइसकेका छन् । यी कम्पनीलाई सहयोग पुग्ने गरी विभिन्न कार्ययोजनाहरु समावेश गरी डिजिटल फ्रेमवर्क परिमार्जन गर्ने योजना समेत सरकारको छ । बजेटमा सूचना प्रविधिलाई अर्थतन्त्रको संवाहकका रूपमा समावेश गरिएकाले यसले निर्दिष्ट गरेको दिशा र प्राथमिकताअनुसार आगामी कार्य योजना सरकारले बनाउँदै गरेको बुझ्न सकिन्छ ।

बैङ्क तथा वित्तीय संस्थाहरूले पनि आफ्नो सूचना र प्रविधिका क्षेत्रमा पहिला देखिनै उचित लगानी गरी ग्राहकहरूलाई नवीनतम् प्रविधिमा आधारित सेवा गर्दै आइरहेका छन् । बैङ्कहरूले ग्राहकहरूको सेवासहित बैङ्कको आन्तरिक सूचना तथा प्रविधि पूर्वाधारमा लगानी गरिरहेका छन् । यस्ता लगानीले बैङ्कले ग्राहकहरूलाई नविनतम् सेवा प्रदान गर्नुका साथै ग्राहकहरूको विवरण सुरक्षित राखी बैंकिङ्ग कारोबारमा सहजता ल्याएको छ । नेपालको परिपेक्षमा सूचना तथा प्रविधिमा उचित लगानी गर्ने र नयाँ प्रविधिलाई ग्रहण गर्नेमा बैङ्क तथा वित्तीय क्षेत्रहरू अग्रणी स्थानमा रहेका छन् ।

साथै बैंकिङ्ग क्षेत्रमा अझै सूचना प्रविधिको विस्तार र विकासमा धेरै सम्भावना र आवश्यकताहरू रहेका छन् । यस्ता सम्भावना र आवश्यकताले विश्वभरि यस्ता क्षेत्रका दक्ष जनशक्तिको माग उच्च छ । नेपालमा पनि सूचना प्रविधिको विकाससँगै यस क्षेत्रका दक्ष जनशक्तिको माग अधिकतम रहँदै आएको छ । साथै, नेपालमा सफ्टवेयर तथा सूचना प्रविधि सेवाको विस्तार, व्यवस्थापन एवं प्रवर्द्धनमा काम गर्ने उद्देश्यसहित ग्लोबल आईएमई बैङ्कले नेपाल एसोसिएसन अफ सफ्टवेयर एन्ड आइटी सर्भिसेस ९नासिट०सँग सहकार्यको समझदारी गरेको छ ।

ग्लोबल आईएमई बैङ्क नेपालको अग्रणी वाणिज्य बैङ्क हो भने नास–आइटी नेपालमा रहेका सूचना प्रविधि कम्पनीहरूको साझा संस्था हो । नेपालको बैङ्क तथा वित्तीय संस्थाहरूमा ग्लोबल आइएमई बैङ्क सूचना र प्रविधि क्षेत्रमा उचित लगानी गर्ने बैङ्कको रूपमा स्थापित छ । नविनतम् प्रविधिमा आधारित सेवाहरू तथा ग्राहकको विवरण सुरक्षणमा ग्लोबल आइएमई बैङ्कले लिएको पहल नेपालको बैंकिङ्ग क्षेत्रमा उदाहरणीय रहँदै आएको छ । बैङ्कमा सेवाग्राहीहरूले छिटो र सजिलोसँग उत्कृष्ट सेवा उपलब्ध हुनुमा बैङ्कले सूचना प्रविधिमा अङ्गालेको गरेको नीति हो ।

समयसापेक्ष सेवाहरूको विकास, बैङ्कको नवीनतम् सेवाहरू विस्तार, ग्राहक मैत्री सेवाको पहुँच विस्तारले ग्लोबल आइएमई बैङ्कसँग ग्राहक महानुभावहरूको रोजाइको बैङ्क रहेको छ । यस बैङ्कको सूचना प्रविधिको उचित लगानीले बैङ्कले ४६ लाख भन्दा बढी महानुभावहरूलाई उत्कृष्ट सेवाहरू प्रदान गर्दै आइरहेको एक उदाहरण हो ।

ग्लोबल आइएमई बैङ्कले ७७ जिल्लाको ३५४ बटा शाखा कार्यालयहरूबाट भौतिकरुपमा बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ भने बैङ्कले आफ्नो मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डिजिटल यूनिभर्स जस्ता प्याल्टफमले थप पहुँच विस्तार गरेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.