भारतीय सेयर बजार नियामक,‘सेक्युरिटिज एण्ड एक्सचेञ्ज बोर्ड अफ इण्डिया(सेबी)’की अध्यक्ष माथवी पुरीको राजीनामा माग गर्दै सेबीका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।
सेबीका २ सय जना कर्मचारीले पुरी लगायतका उच्च व्यवस्थापकको राजीनामा माग गर्दै मुम्बईमा रहेको सेबी मुख्यालयमा आन्दोलन गरेकान हुन् । कर्मचारीहरुले सेबीका उच्च व्यवस्थापनले काम गर्न दबाब दिने गरेको भन्दै आन्दोलन गरेको बताएका छन् । गत महिना सेबीका कर्मचारीहरुले यस विषयमा वित्त मन्त्रालयलाई पत्र लेखेको थियो ।
कर्मचारीहरुले सेबी नेतृत्वले कठोर शब्द प्रयोग गर्ने, अवास्तविक टारगेट दिने र माइक्रोम्यानेजमेन्टको आरोप लगाएका छन् ।
कर्मचारीले यस्तो आरोप लगाएपछि सेप्टेम्बर ४ मा सेबीले कर्मचारीलाई बाहिरी तत्वले उचालेको आरोप लगाएको छ । मंगलबार भारतीय मिडिया जीका संस्थापक सुभाष चन्द्राले सेबीकी अध्यक्ष माधवी पुरीमाथि पक्षपात,भ्रष्टाचार र अनैतिक व्यवहारको आरोप लगाएका थिए ।
हिन्डनबर्गले पुरीमाथि अडानी ग्रुपलाई फाइदा पुर्याउने गरी काम गरेको आरोप लगाएका बेला पुरीमाथि कर्मचारीले नयाँ आरोप लगाएका छन् ।