सेयर बजारको उत्साह कायमै, २३ अंकले सूचक बढ्दा पौने ६ अर्बको कारोबार

बुधवार पनि सेयर बजार परिसूचक नेप्सेमा आकर्षक वृद्धि भएको छ । अघिल्लो दिन १५.७९ अंकले बढ्दै २१ सय ५२ अङ्कमा उक्लिएको नेप्से सूचक आज थप २३.२५ अंकले बढ्दै २१ सय ७५.४० विन्दुमा उक्लिएको हो ।

उसो त आज कारोबार समेत ५ अर्ब ७४ करोड ४० लाख रुपैयाँ बराबरको भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज डेभलपमेन्ट बैंक समूहबाहेक १२ वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी बैङ्किङ समूहको उपसूचक १.६९ प्रतिशतले बढेको छ भने माइक्रोफाइनान्स १.५४ प्रतिशतले, फाइनान्स १.१५ प्रतिशतले र हाइड्रोपावर समूहको उपसूचक १.०७ प्रतिशतले बढेको छ ।

निर्जीवन बीमा समूहको उपसूचक आज १.२९ प्रतिशतले बढ्दा आज डेभलपमेन्ट बैंक समूहको उपसूचक भने ०.२९ प्रतिशतले घट्न पुगेको छ । १९३ कम्पनीको सेयर मूल्य बढ्दा आज ४६ कम्पनीको मूल्य घटेको छ । बाँकी ६ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ । आज एसबीएल डिभेन्चर २०८३ को मूल्य १० प्रतिशतले बढेको छ भने बलेफी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । यता बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनीका सेयर धनीहरूले भने आज १० प्रतिशतले गुमाउन पुगेका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.