हावाहुरीले चितवनको केरा खेतीमा करोडौँको क्षति

हावाहुरीले चितवनको केरा खेतीमा करोडौँको क्षति भएको छ । शुक्रबार र शनिबार आएको हावाहुरीले चितवनको रत्ननगर, खैरहनी र कालिका नगरपालिकाको विभिन्न क्षेत्रको केरा खेतीमा क्षति पुगेको किसानहरूले बताएका छन् ।

हावाहुरीले चितवनको करिब दुई हजार ५०० बिगाहमा लगाएको केरा खेतीमा क्षति भएको चितवन केरा उत्पादक संघका अध्यक्ष माधवप्रसाद घिमिरेले बताए । हावाहुरीले चितवनका किसानहरूको करिब १२ करोड बराबरको केरा खेतीमा क्षति भएको उनले बताए ।

हावाहुरीले टिपेर बेच्ने बेला भएको केरा पूर्णरूपमा क्षति हुँदा किसानहरू निराश भएका छन् । चितवनमा करिब तीन हजार ५०० बिगाहमा केरा खेती भए पनि एक हजार ५०० बिगाहको केरामा मात्र बिमा गरिएको छ । केरा खेतीमा बिमा गरिए पनि सरकारले समयमा नै बिमित रकम बिमा कम्पनीलाई नबुझाउँदा बिमाको रकम पाउन पनि ढिला हुने गरेको किसानहरू बताउँछन् ।

गत वर्ष बिमा कम्पनीले दिनुपर्ने चार करोडमध्ये दुई करोड रुपैयाँमा मात्र किसानहरूले पाएका छन् । किसानहरूले प्रतिबिगाहबाट करिब १० लाखको हारीहारीमा केरा बिक्री गर्ने गरेका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.