११ महिनामा ५५ हजार बढी पर्यटक खुम्बुमा

चालु आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा ५५ हजार ९७९ जना पर्यटकले खुम्बुक्षेत्रको भ्रमण गरेका छन् ।

गत साउनदेखि यही जेठ मसान्तसम्ममा यी पर्यटकहरू भ्रमणका लागि खुम्बुक्षेत्र पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्यांकमा उल्लेख छ । निकुञ्जका सूचना अधिकारी मनोजकुमार मण्डलका अनुसार भ्रमणका लागि पुगेका पर्यटकमध्ये ४८ हजार ४०२ विदेशी र सात हजार ५७७ नेपाली छन् ।

यस वर्ष सबैभन्दा बढी वैशाखमा नौ हजार ९७६ जना र सबैभन्दा कम साउनमा २०८ जनाले खुम्बुक्षेत्रको भ्रमण गरेको सूचना अधिकारी मण्डलले जानकारी दिए । वैशाख महिना मुख्य पर्यटकीय सिजन भएकाले पर्यटकको चाप देखिएको र साउन अफ सिजन भएकाले फाट्टफुट्ट मात्रै पर्यटक आएको उनको भनाइ छ ।

चालु आवको ११ महिनामा पर्यटकबाट निकुञ्जले रु १३ करोड ६५ लाख सात सय राजस्व संकलन गरेको छ । निकुञ्जले पर्यटक शुल्क बापत् नेपालीसँग एक सय, सार्क राष्ट्रका नागरिकसँग एक हजार पाँच सय र अन्य विदेशीबाट प्रतिव्यक्ति रु तीन हजार रुपैयाँ लिने गरेको छ । सो अवधिमा सात हजार ५७७ नेपाली, ६ हजार ३०८ सार्क मुलुकका र ४२ हजार ९४अन्य देशका पर्यटकले खुम्बु भ्रमण गरेको निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.