१४ जीवन बीमा कम्पनीको व्यापार साढे १८अर्बभन्दा बढी

चालू आर्थिक वर्षको पहिलो महिना साउनमा विभिन्न १४ वटा अलग( अलग जीवन बीमा कम्पनीहरुले साढे १८ अर्ब रुपैयाँ भन्दा बढीको व्यापार गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार ती कम्पनीले सो अवधिसम्ममा ३ लाख २२ हजार ७८६ वटा बीमा पोलिसी बिक्री गरेका छन् ।

उक्त अवधिमा सबैभन्दा शिर्ष व्यापार भने नेपाल लाइफ इन्स्योरेन्सको छ । कम्पनीले ५ अर्ब ७१ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यो जीवन बीमा क्षेत्रको कुल बीमा शुल्कको ३०.८१ प्रतिशत हिस्सा हो ।

त्यसैगरी, दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स छ । उक्त कम्पनीले सो अवधिमा २ अर्ब २६ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यो जीवन बीमा क्षेत्रको कुल बीमाशुल्कको १२.२२ प्रतिशत हिस्सा हो।

त्यस्तो तेस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेसन९नेपाल० छ । कम्पनीले उक्त अवधिमा २ अर्ब ७ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.