२१४०.९७ विन्दुमा नेप्से, ६ अर्बको सेयर कारोबार

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक २१।२७ अंकले बढेको छ।

यसदिन नेप्से १ प्रतिशतले बढेर २१४०।९७ विन्दुमा बन्द भएको हो।

आइतबार कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।

बिहीबार छ अर्ब ४८ करोड २५ लाख ४६ हजार ९८० रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार छ अर्ब २९ लाख ३१ हजार ८५४ रूपैयाँको सेयर कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ४८ करोड रूपैयाँ कमी आएको हो।

यस दिन ३२५ वटा धितोपत्रको एक करोड ४० लाख १४ हजार ६२२ कित्ता सेयर किनबेच भएको हो।

आइतबार १५० कम्पनीको सेयर मूल्य बढेको छ भने ८२ वटाको घटेको छ। यस्तै, १५ कम्पनीको मूल्य स्थिर रहेको छ।

यसदिन सिइडिबी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ५।२५ प्रतिशतले बढेको छ।

ल्अभिि
उक्त कम्पनीको सेयर मूल्य एक हजार ७८ रूपैयाँ ८० पैसा कायम भएको छ।

यस्तै, नेशनल लघुवित्तको सेयर मूल्य ५।०९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ३६० रूपैयाँ कायम भएको हो।

मौलुङ खोला जलविद्युतको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।

उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६६१ रूपैयाँ ५० पैसा कायम भएको छ।

यस्तै, गुडवील फाइनान्सको मूल्य ६।६२ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ६३३ रूपैयाँ कायम भएको छ।

आइतबार एनआरएन इफ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ।

कम्पनीको प्रतिकित्ता मूल्य ७४२ रूपैयाँमा २१ करोड ७१ लाखको सेयर कारोबार भएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा ४।८० प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५६५ रूपैयाँमा १५ करोड ५० लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये १० समूहको परिसूचक बढेको छ भने बाँकी तीन समूहको परिसूचक घटेको छ।

यसदिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २।९६ प्रतिशतले बढेको छ भने व्यापार समूहको परिसूचक सर्वाधिक २।२३ प्रतिशतले घटेको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.