२१ दिनको लागि १ खर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आज १ खर्ब रुपैयाँ निक्षेप संकलनको बोलकबोल गर्दै छ ।

२१ दिनको लागि उक्त परिमाणको निक्षेप संकलन गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ।यसअनुसार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोल हुनेछ । यसको ब्याजदर पनि बोलकबोलबाटै निर्धारण हुनेछ ।

साँवा तथा ब्याज भुक्तानी असोज २० मा गरिने राष्ट्र बैंकले जनाएको छ । यसमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।उक्त निक्षेप रकम राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा प्रयोग गर्न सकिनेछ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.