३० महिनापछि कर्जाको ब्याजदर एकल अंकमा

३० महिनापछि कर्जाको ब्याजदर एकल अंकमा आएको छ।

राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार गत असारमा बैंकहरूले लिने कर्जाको ब्याजदर एकल अंकमा आएको हो।

असारमा वाणिज्य बैंकहरूले जारी गर्ने कर्जाको ब्याजदर औसत ९.९३ प्रतिशत छ।

यसअघि २०७८ माघमा बैंकहरूको कर्जाको ब्याजदर औसत ९.४४ प्रतिशत थियो। त्यसयता औसत ब्याजदर बढ्दै १३.०३ प्रतिशतसम्म पुगेको थियो।

अर्थतन्त्रमा शिथिलता आएसँगै कर्जाको माग घटेको हो। कर्जाको माग घटेपछि कर्जाको ब्याजदर पनि घट्दो क्रममा छ।

बैंकहरूले कर्जाको ब्याजदर तय गर्न लिने आधार दर समेत असारमा ८ प्रतिशतमा आइपुगेको छ।

अहिले पनि बैंकहरूबाट जाने कर्जा बढ्न सकेको छैन। बैंकिङ प्रणालीमा अहिले पनि ६ खर्बभन्दा अधिक तरलता छ।

यसअघि बैंकहरूले राष्ट्र बैंकमा राख्दै आएको तीन खर्बभन्दा बढी रकम मध्ये डेढ खर्ब फिर्ता भएको थियो।

यही कारण राष्ट्र बैंकले एक खर्ब तरलता प्रशोचन गर्ने गरी आह्वान गरेको निक्षेप संकलनमा बैंकहरूले करिब दुई खर्ब राखिदिन आवेदन गरेका थिए।

हाल बैंक तथा वित्तीय संस्थाहरूमा ६४ खर्ब २४ अर्ब रूपैयाँ बराबरको निक्षेप संकलन भएको छ भने ५१ खर्ब ६५ अर्ब बराबर रकम कर्जा लगानी भएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.