३३ प्रतिशत कर लगाएर मुद्रण उद्योग धराशायी बनाउन खोजेको भन्दै व्यवसायीको बिरोध

सरकारले मुद्रण उद्योगमा प्रयोग हुने कच्चा पदार्थमा कर बढाएकोप्रति नेपाल मुद्रण उद्योग महासंघले असन्तुष्टि जनाएको छ ।
बजेटमा भएका करको हेरफेरले मुद्रण उद्योग धाराशायी बनाउने अवस्था आउने भन्दै यसको विरोध स्वरुपमा महासंघको आईतबार एक बिज्ञप्तीमार्फत असन्तुष्टि जनाएको हो ।

महासंघका अध्यक्ष विष्णु तिवारी र महासचिव अर्जुन प्रसाद सापकोटाले जारी गरेको बिज्ञप्तीमा मुद्रण उद्योगमा प्रयोग हुने कच्चा पदार्थमा कर बढाउने सरकारको घोषणाले उद्योग धाराशायी हुने अवस्था आएको उल्लेख गरेका छन ।

सरकारले आर्थिक वर्ष २०८१र८२ को बजेटमा मुद्रण उद्योगमा प्रयोग हुने कच्चा पदार्थमा विगतको भन्सार दरमा वृद्धि गरी १५ प्रतिशतबाट बाट २० प्रतिशत पुऱ्याएको र त्यसमा १३ प्रतिशत भ्याट लगाउँदा ३३ पतिशत हुन पुगेको जुन अबैज्ञानिक रहेको ठहर छ ।

‘विदेशमा मुद्रित भई आउने केही तयारी सामाग्रीहरूमा भन्सार शुल्क मिनाह गरेको र अधिकांश तयारी सामाग्रीहरूमा जम्मा ५ देखि १० प्रतिशत मात्र भन्सार शुल्क लगाउने तथा १३ प्रतिशत भ्याट समेत छुट दिने घोषणाप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको समेत बिज्ञप्तीमा जनाएको छ ।

मुद्रण व्यवसायलाई थप अप्ठ्यारोमा पार्नेगरी ल्याइएको गलत नीतिप्रति विरोध जनाउँदै महासंघले तत्काल सरकारका तर्फबाट उद्योग र उत्पादन विरोधी नीतिमा परिवर्तन गरी उद्योगमैत्री भन्सार नीति लागु हुनुपर्ने माग छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.