६ उद्योगमा बिजुली जोड्ने प्राधिकरणको निर्णय

नेपाल विद्युत प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने ६ उद्योगमा बिजुली जोड्ने निर्णय गरेको छ।

मंगलबार साँझदेखि बिजुली जोड्ने निर्णय गरेको हो।

प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिरेको भन्दै पछिल्लो समय विभिन्न ६ वटा उद्योगको लाइन काटेको थियो।

त्यस्तै, प्राधिकरणको ९७६ औं बैठकले बक्यौता अधिकतम २८ मासिक किस्ताबन्दीमा भुक्तानी गर्न सक्ने निर्णय समेत गरेको थियो।

आइतबार विद्युत नियमन आयोगले भने उद्योगमा काटिएको लाइन तत्काल जोड्न प्राधिकरणलाई लिखित निर्देशन दिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओली पनि काटिएको लाइन जोड्नुपर्ने पक्षमा थिए।

bidhut-pradikaran-1721731211.jpg

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.