नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ ।
बुधबार ९ दशमलव ०९ अंकले बढेर नेप्से परिसूचक २ हजार ७ सय ११ दशमलव ७५ अंकमा पुगेको हो ।
बजार बढ्दा पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन १० अर्ब ४६ करोड कारोबार भएकोमा यस दिन ७ अर्ब ९ करोडमा खुम्चियो । कुल १४३ कम्पनीको मूल्य बढ्दा ८९ को घट्यो भने ११ को स्थिर रह्यो ।
आज १ करोड ५४ लाख ६४ हजार ५२२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ९ करोड २८ लाख ७९ हजार ९४६ दशमलव ३९ रुपैयाँको कारोकार भएको छ ।