यि हुन गुगल रेटिङका आधारमा नेपालका सबैभन्दा बढि भिजटर भएका १० अनलाईन

संचारका माध्यम छापा, रेडियो, टेलिभिजनलाई चुनौती दिदैं कान्छो बिधाका रुपमा उदाएको अनलाईन मिडिया पछिल्लो दिन बिश्वभर निक्कै प्रभावकारी तथा लोकप्रिय बन्दै गएको छ ।

छिटो छरितो र सहज माध्यमका रुपमा अनलाईन मिडिया स्थापित भएकाले परम्परागत मिडियाहरु अनलाइनमा निर्भर हुन थालिसकेका छन् । यसरी हेर्दा नेपालमै पनि परम्परागत संचारका माध्यमको तुलनामा अनलाइन तिब्र रुपमा विकास भएका छन । विश्व इतिहासलाई हेर्दा अनलाईनको विकास बेलायतबाट भएको देखिन्छ सन १९९० मा टीम वर्नर लीले एचटीएमएल कोडकोविकास गरी वेबपेजको निर्माण गरेका थिए । यसको २ वर्षपछि सन् १९९० मा अमेरिकामा बिश्वकै पहिलो अनलाइनका रुपमा ट्रिव्यनले आफ्नो प्रसारण आरम्भ गरेको थियो । यसपछि सीएनएन, बीबीसी लगाएतका अन्तराट्रिय संचार माध्यम समेत अनलाइन संस्करण मा आउन थालेका हुन । अहिले यि सञ्चारमाध्यमहरुले आफ्नो अनलाईन प्रसारणलाई अनलाईनमाध्ययमा अझै व्यापक रुपमा उपस्थित बनाउन थालेका छन ।

नेपालमा १९९५ देखि अनलाइन पत्रकारिताको शुरुवात भएको हो । नेपालको पहिलो अनलाइनका रुपमा १९९८ देखि नेपाल न्यूज डट कम संचालन भएको हो । यसपछि लगातार अनलाईन मिडियाहरु खुल्ने र संचालन हुन क्रमले निरन्तरता पायो । शुरुवातका १० बर्ष अनलाईनको विकास नेपालमा निक्कै धिमेगतिमा अघि बढेपनि त्यसपछिका ९ बर्षको विकासक्रमलाई हेर्दा नेपालमा अनलाइन मिडियाको विकास निक्कै तीब्र गतिमा अघि बढेको छ ।

सूचना विभागको पछिल्लो तथ्यांक अनुसार हाल नेपालमा १ हजार ७ सय बढि अनलाइन संचालनमा छन् भने ९ सय बढि अनलाईन सुचनाविभागमा दर्ता समेत भईसकेका छन । तर अनलाईन पत्रकारितालाई अझै व्यसायिकता दिने बिषयमा भने अनलाईन संचालकहरुले खासै चासो दिएको पाईदैन ।

 

नेपालमा पछिल्लो समय धेरै अनलाईनहरु खुलेका भएपनि लगानी टिम यसको व्यवसायिकता र नियमित भिजिटरका आधारमा १० वटा स्वतन्त्र अनलाईन मिडियाको बारेमा चर्चा गदैछौ । नेपालमा संचालित स्वतन्त्र अनलाईन मिडियाहरुमध्ये सबैभन्दा बिश्वसनिय गुगल रेटिङका आधारमा उत्कृष्ट १० अनलाईनहरु निम्नअनुसार रहेका छन ।

१. ईकान्तिपुर डटकम
कान्तिपुर मिडियाले सञ्चालन गरेको अनलाईन ईकान्तीपुर डटकम नेपालमै सबैभन्दा बढि हेरिने अनलाईन मिडियाका रुपमा गुगल र एलेक्सामा पहिलो नम्बरमा छ । कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियाकै नेतृत्वमा सञ्चालित ईकान्तिपुर डटकम आईतबार एलेक्साको नेपालका मुलधारका अनलाईन मिडियामध्ये बिश्वव्यवापी रुपमा ३२ हजार नेपालमा ५ सहित अनलाईन मिडियामा पहिलो नम्बरमा छ ।
अनलाईन मिडियाका आधारमा भन्दा पनि कान्तिपुर पव्लिकेशनका पत्रिका, टिभी, लगायत सबैप्रकाशनको अर्काईभको रुपमा सञ्चालित ईकान्तिपुर डटकमका सामाजिक सञ्जाल फेसबुक मा ३४ लाख र युटुयुवमा २ लाखका साथै ट्वीटरमा ८ लाख बढि फलोवर्सहरु छन ।
कान्तिपुरका धेरै सामाग्रीको अर्काईभको रुपमा यो अनलाईन रहेकाले पाठक दर्शक यो अनलाईनमा दैनिक ४ लाख देखी ६ लाख बढिले भिजिट गर्ने गरेका छन ।
२. अनलाईनखबर
नेपाल न्युज पछि नेपालमा व्यवसायिक अनलाईन मिडियाको रुपमा संचालन भएको अनलाईन खबर देश बिदेशमा सबैभन्दा बढि हेरिने नेपाली भाषाको न्युज पोर्टल हो । पत्रकार धर्म भूषालको नेतृत्वमा रहेपनि एनआरएनका पूर्वअध्यक्ष शेष घलेकोे समेत अप्रत्यक्ष लगानी रहेको अनलाईन खबर गुगल रेटिङमा नेपालको सबैभन्दा बढि हेरिने न्युज पोर्टलमध्ये दोस्रो नम्बरमा परेको छ । समाचार अपडेटमा सबैभन्दा छिटो अपडेट गर्ने अनलाईनखबर सम्पादक अरुण बरालका कारण पनि सटिक बिश्लेशण गर्ने अनलाइनका रुपमा स्थापित छ । गुगल रेटिङका आधारमा यो अनलाईन दैनिक ३ लाखदेखी ५ लाख ९० हजार सम्मले भिजिट गर्ने गरेको देखिन्छ । जसमध्ये अनलाईनको साईट ब्राउजिङमा ६५ हजार बढि र बाँकी सोसियल साईट फेसबुक र ट्विटर मार्फत भिजिटरहरु आउने गरेका छन । एलेक्सामा यो साईट पाँचौ नम्बरमा छ । अनलाईनखबरको फेसबुक पेजमा अहिले ९ लाख जनाले फ्लो गरिरहेका छन भने ट्विटर र यूट्युवमा समेत उपस्थिति अन्य अनलाईनको तुलनामा बढि छ ।

३. न्युज २४ नेपाल डट टिभी
न्युज २४ टेलिभिजनको अनलाइन न्युज २४ नेपाल डट टिभी नेपालका सबैभन्दा बढि भिजिटर भएका अनलाईनमध्ये तेस्रो नम्बरमा रहेको छ । व्यापारी अनिल जोशीले सञ्चालन गरेको न्युज ट्वान्टी फोर टेलिभिजनले अपेक्षित राम्रो गर्न नसकेपछि अनलाईनलाई राम्रो बनाउने योजनासहित तयारी थालेको न्युज ट्वान्टी फोर नेपाल डट टिभी गुगल रेटिङका आधारमा अहिले दैनिक ३ लाख ८० हजारदेखी ४ लाखसम्मले दैनिक भिजिट गर्ने गरेका छन । व्याकरणगत रुपमा निक्कै त्रुटि र अधिकांश उत्तेजक बिषयमार्फत भिजिटर तान्ने गरेको आरोप लाग्ने गरको न्युज २४ डट टिभी अनलाईन पोर्टलमा पढ्ने बिषयभन्दा बढि टेलिभिजनका लागी तयार भएका समाचारहरु अपडेट हुने गरेका छन । सामाजिक सञ्जाल फेसबुकमा २५ लाख फ्लोवर्सहरु रहेको न्युज २४ डटटिभीका ट्विटरमा खासै नभएपनि युट्युवमा समेत राम्रा भिजिटरहरु छन ।
४. रातोपाटी
पूर्वप्रधानमन्त्री प्रचण्डको अघिल्लो कार्यकालमा प्रेस सल्लाहकारको रुपमा काम गरेका चर्चित पत्रकार ओम शर्माको नेतृत्व र प्रधानमन्त्री प्रचण्डको अप्रत्यक्ष लगानी रहेको रातोपाटी माओवादी निकटको अनलाईनको रुपमा पनि चिनिन्छ । बिहान ६ बजेदेखि बेलुकी ११ बजेसम्म निरन्तर अपडेट हुने यो अनलाईन बामपन्थी बिचार राख्नेहरुले तुलनात्मक रुपमा बढि रुचाउने गरेका छन । एलेक्सा र गुगल रेटिङमा नेपालका अनलाईन न्युपोर्टल मध्ये रातोपाटी डटकम चौथो नम्बरमा छ । रातोपाटीको अहिले दैनिक भिजिटर २ लाखदेखी ५ लाखसम्म देखिएका छन । फेसबुकमा ७ लाख फ्लोवर भएको रातोपाटीले पछिल्लो दिन अनलाईन टेलिभिजनको अभ्यास गर्न खोजिरहेको छ । रातोपाटीले फेसबुकमार्फत बेला बेला भिडियो लाईभ गर्न थालेकाले रातोपाटीका भिजिटर अझै बढ्ने अनुमान छ । अहिले दैनिक ३० हजारको हाराहारीका भिजिटरहरुले रातोपाटी ब्राउजरमा गएर भिजिट गर्ने गरेका छन भने बाँकी भिजिटरहरु फेसबुक र ट्विटरका छन ।

५. अन्नपूर्णपोष्ट डटकम
क्याप्टेन रामेश्वर थापाले लगानी गरेको अन्नपूर्ण पोष्ट २ महिना अघिसम्म मुलधारका मिडियामध्ये सबैभन्दा कम हेरिने अनलाइनका रुपमा थियो । पछिल्लो २ महिनादेखी अन्नपूर्णपोष्ट डटकम नेपालका धेरै हेरिने अनलाईनमध्ये ५ औ नम्बरमा परेको छ । क्याप्टेन रामेश्वर थापा अन्नपूर्ण पोष्ट र पत्रकार राजु सुबेदी को टिभी अन्नपूर्ण अनलाईनबीच अनलाईन मिडियाका बिषयमा टक्कर चलेपछि थापा आफै अनलाईनलाई राम्रो बनाउन भन्दै पत्रकारहरुलाई पेल्न थालेपछि अन्नपूर्ण पोष्टकै सामाग्री अन्नपूर्ण पोष्ट डटकममा अकाईभका रुपमा राख्न थालेपछि यो अनलाईनमा अहिले भिजिटर सङख्या बढेका हुन । अन्नपूर्ण पोष्टको फेसबुकमा अहिले ९ लाख फलोवर्स छन भने ट्विटर युटुयुवमा मार्फत पनि राम्रो भिजिटर आउने गरेका छन ।

अहिले गुगलका अनुसार अन्नपूर्णपोष्टका दैनिक ३ लाखदेखी २ लाख ७० हजार भिजिटर छन ।

६. नागरिक न्युज डटकम

रिपब्लिक मिडियाले सञ्चालन गरेको नागरिक दैनिककै अर्काईभका रुपमा रहेको नागरिक न्युज डटकम कान्तिपुरबाट फुटेको हेमराज ज्ञावलीले सञ्चालन गरेको अनलाईन हो । गुगल रेटिङका आधारमा नेपालका सबैभन्दा बढि हेरिने अनलाईनमध्ये छैटौ नम्बरमा पर्दछ । गुगलका आधारमा दैनिक २ लाखदेखी २ लाख ७० हजार भिजिटर रहेको नागरिकन्युज डटकम ३ बर्षअघिसम्म नेपालको सबैभन्दा बढि हेरिने अनलाईनका रुपमा थियो तर पछिल्लो समय नागरिक पत्रिकाका सामाग्रीहरुका लागी भिजिटरहरु नागरिकन्युज डटकम भिजिट गर्ने गरेका छन । नागरिक न्युज डटकमको फेसबुकमा झण्डै २७ लाख फलोवर छन भने युट्युव र टिवट्रमा पनि नागरिक न्युजका धेरै फलोवर्सहरु छन ।

७. बाह्रखरी डटकम
पत्रकार प्रतिक प्रधानले नेतृत्व गरेको बाह«खरी डटकम नेपालमा धेरै हेरिने अनलाईनमध्ये सातौ नम्बरमा पर्दछ । बाह्रखरी डटकम बिषयवस्तुका आधारमा भन्दा सम्पादक प्रतिक प्रधानका कारण धेरैले हेर्ने गरेका छन । ३ बर्षअघिसम्म अनलाईन समाचार र फेसबुक स्टाटस एउटै हुन भन्ने पत्रकार प्रधानले सञ्चालन गरेको अनलाईन मिडिया छोटो समयमा धेरैको नजर जाने अनलाईनका रुपमा स्थापित भएको छ । डेमोक्रयाटहरुको बिचारलाई प्राथामिकता दिने बाह्रखरीले अधिकांश सेतोपाटीका भिजिटरहरुलाई तानेको छ । फेसबुकमा ४ लाख फ्लोवर रहेको बाह्रखरीको ट्विटरमा समेत प्रशस्त फ्लोवरहरु रहेका छन । एलेक्साको गुगल रेटिङका आधारमा बाह्रखरी नेपालका मुलधारका धेरै हेरिने अनलाईनको सातौ स्थानमा रहेको छ । बाह«खरीमा नेपाली काग्रेसको कोईरालापक्षमार्फत अन्र्तराष्ट्रिय लगानी रहेको चर्चा सञ्चारकर्मीका बीचमा चल्ने गरको छ ।
केही सामाजिक सञ्जालमा सक्रिय पत्रकारहरुका कारण सामान्य बिषयवस्तुपनि धेरैको नेटवर्कमा पुग्ने गरेको तथा नयाँ पत्रिकाबाट ज्ञानेश्वर आचार्य र सुर्य घिमिरे पुरै बिज्ञापन बजार उल्टाउने रणनीतिसहित पुगेकाले बाह«खरीले अझै राम्रो गर्न सक्ने देखिन्छ ।

८. टिभी अन्नपूर्ण डटकम
नेपालकै पहिलो अनलाईन टेलिभिजनको रुपमा शुरु भएको टिभी अन्नपूर्ण निक्कै छोटो समयमा धेरैले हेर्ने अनलाईनका रुपमा स्थापित भएको छ । अष्ट्रेलियामा बस्ने पत्रकार राजु सुबेदीले नेतृत्व गरेको भएपनि अनलाईनमा सबैभन्दा ठुलो लगानीसहित आएको टिभी अन्नपूर्णमा अप्रत्यक्ष रुपमा व्यापारी चन्द्र ढकालले मोटो लगानी गरेको चर्चा छ । २८ जनाको जम्बो टिमसहित शुरु भएको टिभी अन्नपूर्णले बिषयवस्तुका आधारमा भन्दा बढि अनलाईनमा नयाँ प्रयोगको थालनी गरेकाले चर्चित छ । एलेक्सा तथा गुगल रेटिङका आधारमा नेपालका सबैभन्दा धेरै हेरिने अनलाईनमध्ये ८ औ स्थानमा रहेको टिभी अन्नपूर्णको फेसबुक पेजमा ६ लाख फ्लोवर छन भने टिभी अन्नपूर्णको भिडियो बेला बेला युट्युवको टेड्रिङमा पर्ने गरेको छ । पूर्व छापामार दिल निशानीले समेत काम गर्ने यो अनलाईनमा प्रधानमन्त्रीपुत्र प्रकाश दाहाल र उपराष्ट्रपतिपुत्र दिपेश पुनको समेत शेयर भएकाले शुरुवातमा प्रधानमन्त्री राष्ट्रपतिदेखी सबै दलका प्रमुख तथा चर्चित व्यक्तिको शुभकामना प्रसारण गरेर चर्चा बटुल्नुका साथै नेपालका सबै दैनिक पत्रिकामा आफ्नो बिज्ञापन छापेर ठुलो धनराशी खर्च गरेको थियो । सम्पादन पक्ष कमजोर भएपनि नेपालको पहिलो र एकमात्रै अनलाईन टिभी भएकाले टिभी अन्नपूर्ण चर्चित बनेको धेरैको टिप्पाणी छ ।

९. सेतोपाटी डटकम
पत्रकार नारायण वाग्ले र अमित ढकालको टिमले सञ्चालन गरेको सेतोपाटी नेपालमा हेरिने अनलाईन न्युजपोर्टलमध्ये नवौं स्थानमा पर्दछ । बिदेशी एनजीओले नेपालमा कम्युनिष्टबिरुद्धको क्याम्पियन चलाउन संचालन गरेको अनलाईन भन्ने आरोप खेप्ने गरेको सेतोपाटी लेखनका हिसावले राम्रो अनलाईनका रुपमा चिनिन्छ । पछिल्लो दिन यसको गुणस्तर खस्कदैं जाँदा भिजिटरहरु समेत कमि हुदै गएका छन । यो अनलाईनका ७ महिनाअघिसम्म रातोपाटीकै हाराहारीमा भिजिटर थिए । सेतोपाटीको अहिले दैनिक ९० हजारदेखी लाखदेखी १ लाख ५० हजारसम्म दैनिक भिजिटर छन । सेतोपाटीको फेसबुक पेजमा अहिले झण्डै ११ लाख फ्लोवरहरु छन भने ट्विटर र यूट्युवमा समेत राम्रै भिजिटरहरु रहदै आएका छन । सजिलो नाम र चर्चित पत्रकारहरुका बिचार विश्लेषणसहित आउने गरेको यो अनलाईनकर्मीहरु पछिल्लो समय बिभिन्न अन्य अनलाईनमा जान थालेपछि यसको गुणस्तर खस्कदै गएको हो ।

१०. थाहखबर डटकम
व्यापारी अजय सुमार्गीको लगानी र पत्रकार तिर्थ कोइरालाले नेतृत्व गरेको थाहाखबरसमेत छोटो समयमा चर्चित बनेको अनलाईन हो । समकालिन अन्य अनलाईनका तुलनामा निष्पक्ष अनलाईनका रुपमा चिनिएको थाह खबरले रेडियोको शैलिमा समाचारहरु प्रसारण गर्ने गरेको छ । अनलाईन टेलिभिजनका रुपमा लैजाने तयारीस्वरुप मुक्तिनाथ पिठाधिस्वर स्वामी कमलनयनाचार्यको समेत अप्रत्यक्ष लगानी रहेको थाह खबर अहिले नेपालमा सबैभन्दा बढि हेरिने अनलाईनमध्ये १०औ स्थानमा रहेको छ । फेसबुकमा ३ लाख फ्लोवर रहेको थाहाखबरका ट्विटर र यूटयूवमा समेत यहि अनुपातमा फ्लोवरहरु रहेका छन । पछिल्लो समय खुलेका अनलाईनमध्ये लगानी र सम्पादकीय टिमका हिसाबले राम्रो मानिएको थाहाखबर बिशेषगरि धेरै मिडियाकर्मी पत्रकारकाबीचमा बढि चर्चित छ ।

यो आलेख आईतबारको गुगल, एलेक्सा, रेन्कसेज लगायतका वेवपोर्टलको तथ्याङकका साथै फेसबुक तथा अन्य सामाजिक सञ्जालका बिषयवस्तुका आधारमा तयार पारिएको हो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.