जनताको जलविद्युत‌्मा सेयर खरीद सुरु, प्रधानमन्त्रीले दिए पहिलाे आवेदन

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली ‘बी’ को सेयर खरीद गरी बिहीबार जनताको सेयर आवेदन शुभारम्भ गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उनले १० हजार कित्ता सेयरका लागि आवेदन दिएका हुन।

प्रधानमन्त्री पत्नीराधिका शाक्यले १० हजार, ऊर्जामन्त्री वर्षमान पुनले एक हजार र पूर्वसभामुख ओनसरी घर्तीले दुई हजार कित्ताका लागि आवेदन दिएका छन्। यस आयोजनामा सुरुमा सेयरका लागि १० प्रतिशत रकम मात्र दिए पुग्छ। यो आवेदन यही चैत ११ गतेसम्म जारी रहनेछ।

नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युत्‌काे सेयरधनी’ को नारासहित याे कार्यक्रम गत फागुन २ गते उद्घाटन गरिएको थियो।
सम्बन्धित
Leave A Reply

Your email address will not be published.