मुकेश अम्बानीले गुमाए एकैदिन रु. ८.३३ खर्ब

 रिलायन्स इन्डस्ट्रिज लिमिटेडको सेयरमा आएको गिरावटले मुकेश अम्बानीले हिजो सोमबार एकैदिन ७ अर्ब डलर (करिब ८ खर्ब ३३ अर्ब रुपैयाँ) को नोक्सानी व्यहोर्नुपरेको छ।  

कोरोनाकालमा जारी लडडाउनमा यो कम्पनीको सेयरमा उछाल आइरहेको थियो तर हिजो एकैदिन ८.६ प्रतिशतले गिरावट आएको हो। ब्लुमबर्गको रिपोर्टअनुसार रिलायन्स इन्डस्ट्रिजको सेयरमा पछिल्लो ७ महिनामा यो नै सबैभन्दा ठूलो गिरावट हो। 

हिजो सोमबार सेन्सेक्स बढे पनि रिलायन्सको सेयरले भने सबैभन्दा खराब प्रदर्शन गरेको थियो। 

कम्पनीले स्टक एक्सचेन्जलाई दिएको जानकारीअनुसार जुलाई–सेप्टेम्बरसम्म खुद नाफा भारु ९ हजार ५६७ करोड रुपैयाँ रहेको छ। जुन गत वर्ष यही अवधिको तुलनामा तुलनामा भारु १ हजार ६९५ करोडले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले भारु ११ हजार २६२ करोड नाफा आर्जन गरेको थियो। 

यो हिसाबले कम्पनीको नाफा १५ प्रतिशलते घटेको छ। जसका कारण यो कम्पनीको सेयरमा भारी गिरावट आएको जानकारहरु बताउँछन्।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.