तोलाको सात सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले उकालो लागेको छ । शुक्रबार र आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार प्रतितोला ७ सयले बढेर ९४ हजार ९ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला ९४ हजार २ सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन आइतबार प्रतितोला ९३ हजार ७ सय रहेकामा आज ७ सयले वृद्धि भई ९४ हजार ४ सय रुपैयाँमा कारोवार भएको छ ।

त्यस्तै चाँदी आज प्रतितोला एक हजार ३१५ मा कारोवार भएको छ । यसअघि चाँदी आइतबार एक हजार २८० मा कारोवार भएको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.