पुस मसान्तसम्म २४ हजारभन्दा बढीले पाए रु. १.०६ खर्ब पुनरकर्जा

काठमाण्डौ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म २४ हजारभन्दा बढी ऋणीले १ खर्ब ६ अर्ब रुपैयाँ बढी पुनरकर्जा पाएका छन्।

नेपाल राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्म २४ हजार २६७ ऋणीले १ खर्ब ६ अर्ब ८ करोड रुपैयाँ लगेको हुन्। पुनरकर्जा ग्राहकको मूल्यांकनका आधारमा विशेष र साधारण गरी १०२ जना ऋणीमा १३ अर्ब ६२ करोड प्रवाह गरिएको राष्ट्र बैंकले जनाएको छ।

यसैगरी क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने एकमुष्ठ कर्जामा २ हजार ९६० शाखाबाट २४ हजार १६५ ऋणीहरुलाई कुल ९२ अर्ब ४६ करोड रुपैयाँ पुनरकर्जा प्रवाह गरिएको केन्द्रीय बैंकले जनाएको छ।

साना, लघु तथा घरेलु उद्योग उद्यमशीलता पुनरकर्जा शीर्षकमा पुस मसान्तसम्म ९ हजार ४८६ जना ऋणीलाई कुल ८ अर्ब १० करोड रुपैयाँ पुनरकर्जाको रकम उपलब्ध गराइएको राष्ट्र बैंकले जनाएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.