लोकसेवा आयोगलाई विपक्षी बनाएर परेको सबै रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकारी सेवाका लागि खोलिएका आवेदनमा आधारित भएर आयोगलाई विपक्षी बनाई दर्ता भएका सबै रिट एकसाथ खारेज गरिदिएको हो ।
रिट खारेज भएसँगै लामो समयदेखि रोकिएको लोकसेवाको परीक्षा गर्ने बाटो खुलेको छ ।