मन्त्रीसहित नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिमका केही नेताहरू नेकपा एमालेमा प्रवेश गरेका छन्। बुधबार कञ्चनपुरमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन्।
एमाले प्रवेश गर्नेहरुमा सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्री कुलवीर चौधरी, पूर्वअर्थमन्त्री तारा लामा तामाङ, समाजवादीका प्रदेश अध्यक्ष बिक्रम शाही, कञ्चनपुर वेदकोट नगरपालिकाका पूर्वमेयर अशोक चन्दलगायतका नेताहरू रहेका छन् ।
यसैबीच एमाले प्रवेश गर्ने तयारी गरेपछि एकीकृत समाजवादीले राज्य मन्त्री चौधरीलाई बर्खास्त गरेको थियो।
प्रदेश कमिटि सदस्यसमेत रहेका चौधरी एकीकृत समाजवादी पार्टीबाट राज्यमन्त्री भएका थिए।