चितवनमा माईक्रो बस दुर्घटना, १६ जना घाइते

चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडीमा आज बिहान माईक्रो बस दुर्घटना हुदाँ १६ जना घाइते भएका छन् ।

घाइते भएका माइक्रो चालक सहित सबैलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ ।

नारायणगढबाट काठमाण्डौ आउँदै गरेको बा ३ ख ४६ ५४ नम्बरको माइक्रो बस आज बिहान पौने ७ बजे अनियन्त्रित भइ पल्टिएको प्रहरी चौकी जुगेडीले जनाएको छ ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.