गुल्मीमा मात्रै १२२ जना डेंगु संक्रमित

पछिल्लो समय गुल्मीमा डेंगुको संक्रमण फैलिँदै गएको छ। अहिलेसम्म गुल्मी अस्पताल, विभिन्न क्लिनिक तथा पालिकाका स्वास्थ्य संस्थामा गरी कुल १२२ जनामा डेंगुको संक्रमण पाइएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले जानकारी दिए।

संक्रमण गाउँ(गाउँसम्म फैरिरहेको छ। सत्यवती गाउँपालिकामा मात्रै सबैभन्दा धेरै सयजनामा संक्रमण देखिएको छ। त्यस्तै, रेसुंगामा १०, छत्रकोटमा छ, इस्मामा तीन तथा मुसिकोट, मदाने र गुल्मी दरबार गाउँपालिकामा एक(एकजनामा संक्रमण पुष्टि भएको आचार्यले बताए।

संक्रमित बढ्दै गएपछि केही स्वास्थ्य संस्थामा डेंगु परीक्षण गर्ने किटको समेत अभाव भएको छ। तर, गुल्मी अस्पतालमा भने अहिलेसम्म किट अभाव नरहेको अस्पतालका ल्याब इन्चार्ज लक्ष्मण पन्थीले जानकारी दिए। आफूहरूसँग किट स्टक रहेकाले परीक्षणमा कुनै समस्या नरहेको उनले बताए।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.