सिन्धुलीमा सुख्खा पहिरोका कारण खुर्कोट–घुर्मी सडक अवरुद्ध

सिन्धुलीको मध्यपहाडी लोकमार्गमा सुख्खा पहिरो खस्दा खुर्कोट–घुर्मी सडकखण्ड अवरुद्ध भएको छ ।

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुडुलेमा सुख्खा पहिरो खस्दा आज ९बुधबार० बिहानैदेखि सोही राजमार्ग अवरुद्ध भएको हो । बुधबार बिहान ४ बजेदेखि निरन्तर पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बिमलराज कँडेलले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय खुर्कोटको टोलीले स्थानीय बासीन्दाको सहकार्यमा पहिरो पन्छाउने काम भइरहेको जनाइएको छ । सुुख्खा पहिरो खसेका कारण राजधानी काठमाडौंबाट पूर्वीपहाडी जिल्लाहरुबाट काठमाडौं लगायतका गन्तव्यहरुमा पुग्ने सयौं सवारीका साधन र हजारौं यात्रुबीचमै अलपत्र परेका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.