ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

दाङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रकका सहचालक रुपन्देहीको रोहिनी गाउँपालिका– ६ का सखर खाँ रहेका प्रहरीले जनाएको छ ।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । घोराहीबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ५९३ नम्बरको ट्रक घोराही–३ चौपट्टाको ओरालोमा आज दिउँसो साढे १ बजे दुर्घटनामा परेको हो ।

ट्रक ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको अनुमान छ । ट्रक पल्टिएपछि अहिले बाटो अबरुद्ध भएको छ । बाटो खुलाउनका लागि प्रहरी परिचालन गरिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.