निलम्बित प्रधानन्यायाधीशले नाम लिएकाहरुलाई बोलाउने समितिको निर्णय
प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा नाम लिएका पूर्व न्यायाधीश र नेपाल बार एशोसिएसनका पूर्व पदाधिकारीहरुलाई बोलाउने भएको छ ।
समितिको मंगलबार बसेको बैठकले भोलि बुधबार भ्याएसम्मका आरोपितलाई बोलाउने निर्णय गरेको हो । समितिका सदस्य कांग्रेस सांसद मीन विश्वकर्माका अनुसार कस–कसलाई बेलाउने भन्ने नाम तय भइसकेको छैन ।