मेयर बालेन साहले महानगरभित्र डेंगु संक्रमण नियन्त्रणका लागि वडा तहमा बजेट छुट्ट्या

काठमाडौं महानगरका मेयर बालेन साहले महानगरभित्र डेंगु संक्रमण नियन्त्रणका लागि वडा तहमा बजेट छुट्ट्याएर काम गरिरहेको बताएका छन्।

सामाजिक सञ्जालमा लेख्दै मेयर साहले वडाको आकार अनुसार ५० हजार देखि १ लाख रुपैयाँ बजेट छुट्ट्याएर काम भइरहेको बताएका हुन्।

‘वडाको आकार अनुसार ठुला वडाहरूमा रु १ लाख, मध्यमका लागि रु ७५ हजार तथा साना वडाहरूमा रु ५० हजारका दरमा बजेट छुट्याइएको छ।’ उनले लेखेका छन्।

महानगर मात्रैले यो प्रकोपलाई रोक्न तत्काल गाह्रो रहेको भन्दै यसमा सबैको भुमिका रहने बताएका छन्।

‘पहिलो त उपलब्ध स्रोत साधनको प्रयोग गरेर लामखुट्टेको टोकाइबाट बच्नुहोस्। दोस्रो, लामखुट्टेले थोरै भन्दा थोरै पानी भएको ठाउँबाट पनि बच्चा फैलाउन सक्छ। यसैले कृपया सडकमा हिँड्दा बोतलको बिर्को जति सानो कुरा छ भने पनि उल्टाइ दिनुहोला, ताकि पानी जम्मा नहोस्। पानी जम्मा भएको ठाउँ छ भने घोप्ट्याइ दिनुहोस्।’ उनले लेखेका छन् ‘तेस्रो, डेंगुबाट संक्रमण हुनु भएको छ भने स्वास्थ्यकर्मीहरुको सल्लाह अनुसार व्यवहार गर्नुहोस् ।’

सम्बन्धित
Leave A Reply

Your email address will not be published.