पर्सामा तीन ‍जना महिला लागुऔषध चरेससहित पक्राउ

पर्सामा तीन ‍जना महिला लागुऔषध चरेससहित पक्राउ परेका छन् ।

प्रहरीले पर्सागढी नगरपालिका–२ बागवानास्थित सडकखण्डमा ना। २ ह ३१८६ नम्बरको सार्वजनिक अटोलाई चेकजाँच गर्दा सोमा सवार तीन जना महिलाहरूको साथमा चरेस भेटिएको हो।

चरेससहित पक्राउ पर्नेहरूमा मकवानपुरको मनहरी गाउँपालिका –८ बस्ने कल्पना मोक्तान, कवितामाया बल र रीता विश्वकर्मा रहेको प्रहरीले जनाएको छ।

बाराको जीतपुरबाट मनवातर्फ जाँदै गरेको अटोमा सवार तीनैजना महिलाहरूले बोकेको झोला भित्रबाट १३ किलो ८ सय ग्राम चरेस बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता दिपक गिरीले जानकारी दिए। पक्राउ परेका तीनैजनालाई चरेससहित लागुऔषधसम्बन्धी कसूरमा अनुसन्धान भैरहेको गिरीले बताए।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.