निर्वाचनमा खटिने प्रहरी कर्मचारीलाई दैनिक १२ सयको दरले भत्ता दिने निर्णय गरिएको छ । अर्थमन्त्रालयले भत्ताका लागी आवश्यक रकम उपलब्ध गराउन प्रहरी प्रधान कार्यालयलाई सहमति दिएको छ ।
आफु कार्यरत रहेको स्थानमा निर्वाचन सुरक्षामा खटिने प्रहरीले ७ दिनको भत्ता पाउँछन् । कार्यरत स्थान भन्दा बाहिरको जिल्लामा खटिनेलाई दैनिक १२ सयको दरले १४ दिनको दैनिक भ्रमण भत्ता दिने निर्णय गरिएको छ ।
कार्यरत जिल्ला बाहिर खटिँदा १४ दिनको दैनिक भ्रमण भत्ता लिने सुरक्षाकर्मीले रासन बापतको रकम भने पाउँदैनन् । म्यादी प्रहरी र निर्वाचन खटिने सकल दर्जाले ४ दिन खाजा खर्च पाउँछन् । ४ दिनका लागि दैनिक ३ सयको दरले खाजा खर्च दिन अर्थ मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई सहमति दिएको छ ।
त्यस्तै, निर्वाचनमा खटिने प्रहरीका लागि आवश्यक औषधी खरिद गर्न अर्थ मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई ५० लाख निकासा दिएको छ ।