टुकुचा मिचेर बनाएका संरचना नभत्काउन अदालतको आदेश

उच्च अदालत पाटनले टुकुचा खोला मिचेर बनाएका संरचना नभत्काउन अन्तरकालीन आदेश जारी गरेको छ ।

प्रेसिडेन्ट ट्राभल्स एण्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले टुकुचा खोला मिचेर बनाएको संचना तत्काल नभत्काउन अन्तरकालीन आदेश जारी गरेको हो ।

काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर बनाइएका संरचना धमाधम भत्काइरहेको छ । उसले हालसम्म जय नेपाल सिनेमा हलमा बनेका संरचना र लक्ष्मी बैंकको संरचना खनेर टुकुचा खोला निकालेको थियो । अदालतले असोज ५ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.