कोका–कोलाको सक्षम तालिमको तेस्रो संस्करण सुरू

कोका–कोलाको महिला उद्यमी सशक्तिकरण पहल अन्तर्गतको ुसक्षमु तालिमको तेस्रो संस्करण सुरू भएको छ।

कम्पनीले विगत दुई वर्षदेखि महिला उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यले सक्षम तालिम सञ्चालन गरी रहेको बताएको छ।

सक्षमले साना तथा मझौला व्यवसायमा संलग्न महिला उद्यमीहरूको क्षमता अभिवृद्धि गर्न एक महत्वपूर्ण प्लेटफर्मको रूपमा काम गर्दै आइरहेको छ।

यस्तै, नयाँ ज्ञान प्रदान गर्नुका साथै समस्या समाधानको उपायहरू पनि महिला उद्यमीलाई दिँदै आइरहेको छ। साथमा सक्षमले महिला स्टार्टअपलाई व्यापक सहायता प्रदान गर्दै कोका–कोलाको महिलाहरूको उद्यमशील यात्रामा सहयोग गर्ने प्रतिबद्धतालाई कायम गरेको छ।

कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले भने, ुसक्षम तेस्रो संस्करणले महिला उद्यमीहरूलाई अर्थतन्त्रमा समावेश गराउनुका साथै सुवर्ण अवसरहरू सिर्जना गर्नेछ। पहिलेका संस्करणहरूझैँ यस संस्करणले पनि नेपाली महिलाहरूको उद्यमशीलताको यात्रामा प्रभावशाली भूमिका खेल्नेमा हामी विश्वस्त छौँ।ु

कोका–कोला नेपालका सस्टेनेबिलिटी पार्टनर, एटेलियर प्लेटफर्मका संस्थापक रितु गुरुङ केसीले भनिन्, ुसक्षम तेस्रो संस्करणको मुख्य लक्ष्य भनेको दिगो विकास नै हो। महिला उद्यमीलाई सशक्तिकरण गरी हामी दिगो र समतामूलक भविष्य निर्माण गर्नमा हामी प्रतिबद्ध छौँ।ु

सक्षम तेस्रो संस्करणको प्राथमिक उद्देश्य महिलाहरूलाई सशक्तिकरण गरी व्यावसायिक सीपहरू अभिवृद्धि गर्ने र देश विकासका लागि अनुकूल वातावरण बनाउने हो।

पहिलाको संस्करणहरूमा झैं यस संस्करणमा पनि कोका–काला नेपालको टिमले चयन गरेका एक हजार जना महिला उद्यमीहरूलाई तालिम प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ। कोका–कोला नेपालको यस पहल विशेष गरी व्यवसाय र खानपान व्यवसायमा संलग्न महिला उद्यमीहरूमा लक्षित हुनेछ।

देशको पहाडी क्षेत्र र पश्चिमी भागका सहरी र ग्रामीण क्षेत्रहरू केन्द्रित सक्षमले सबै क्षेत्रका महिला उद्यमीहरूलाई आवश्यक स्रोत साधनमा पहुँच पुर्‍याउने लक्ष्य राखेको छ। सक्षमको यस तेस्रो संस्करण सन् २०२४ को अन्त्यसम्म देश भरीका विभिन्न स्थानहरूमा आगामी ९ महिनासम्म सञ्चालन हुनेछ।

देश भरका एक हजार जना महिलाहरूलाई ४ महिनासम्म तालिम प्रदान गरिने यस कार्यक्रमको पहिलो तीन महिना एक्सिलिरेटर र मेन्टरसीप कार्यक्रम हुनेछ जहाँ नेतृत्व, आतिथ्य व्यवस्थापन, डिजिटल मार्केटिङ, वित्तीय साक्षरता, स्वोट एनालाइसेस सम्बन्धी प्रशिक्षण प्रदान गरिनेछ।

सक्षम तेस्रो संस्करण कोका–कोला र एटेलियर प्लेटफर्म प्राइभेट लिमिटेडले संयुक्त रूपमा सञ्चालन गर्नेछन्।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.