काठमाडौँ । सर्वोत्तम सिमेन्टको सेयर मूल्य प्रतिकित्ता १ हजार ८३ पुगेको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा सूचीकृत भएदेखि निरन्तर सर्किट लाग्न थालेको सेयरको मूल्य कारोबार सुरु भएयता निरन्तर बढिरहेको छ । कम्पनीको सेयरको सुरुवाती कारोबार प्रतिकित्ता ५५६ रुपैयाँमा भएको थियो ।
कम्पनीको सेयर यही चैत ६ गतेदेखि कारोबार सुरु भएको थियो । त्यसयता प्रत्येक कारोबार दिनमा सर्किट लागिरहेको छ । नेप्सेमा कम्पनीको ४ करोड ६५ लाख कित्ता सेयर सूचीकृत छ । सूचीकृत भएयताको ७ कारोबार दिनमा पनि सेयरले सर्किट हानेको हो ।
कम्पनीले यही फागुन २५ गते सेयर बाँडफाँड गरेको थियो । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले सेयर बाँडफाँड गर्दै ५५ हजार ५२१ जनालाई सेयर परेको जानकारी दिएको थियो । सो क्रममा २६ जनाले भने ५१ कित्ताका दरले सेयर पाएका थिए । सर्वोत्तमले बूक विल्डिङ विधिमार्फत प्रतिकित्ता ३६०।९ रुपैयाँमा सेयर बिक्री खुलाएको थियो ।