४ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तु्लनामा मंगलबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो। सोमबार १ लाख ३१ हजार ६ सय रुपैयाँ प्रतितोलाको नयाँ उचाइमा पुगेको सुनको मूल्य मंगलबार १ लाख ३१ हजार २ सय रुपैयाँका दरले कारोबार भइरहेको हो।

मंगलबार तेजावी सुनको मूल्य १ लाख ३० हजार ५५० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। महासंघका अनुसार चाँदीको मूल्य मंगलबारका लागि बढाइएको छ। सोमबार प्रतितोला १ हजार ५३५ रुपैयाँका दरले कारोबार भएको चाँदी मंगलबार प्रतितोला १ लाख ५४५ रुपैयाँमा कारोबार भइरहेको हो।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.