लगानी सम्मेलनः बजारीकरणमा सफल, लगानीका लागि थप मिहिनेत आवश्यक

काठमाडौं। तेस्रो लगानी सम्मेलन सोमबार सम्पन्न भएको छ। सम्मेलनको उद्देश्य, कार्यक्रमको औचित्य तथा प्राप्त उपलब्धिका विषयमा लामो बहस गर्न सकिन्छ। लगानी सम्मेलन के, किन र कसरी भन्ने सवाल जहिल्यै जबर्जस्त रुपमा उठ्छ।

तर, सोमबार समापन भएको लगानी सम्मेलनको तत्कालीन परिवेश, आवश्यकता, ढाँचा र तयारी हेर्दा बजारीकरणका पक्षमा सकारात्मक माहोल सिर्जना गर्न सफल भएको ठानिएको छ।

सम्मेलनका बेला भएका व्यवस्थापकीय कमजोरीलाई चिम्लिने हो भने यसको औचित्य एक किसिमले पुष्टि भएको छ। सरकार, राजनीतिक दल, निजी क्षेत्र र सरोकारवाला९स्वदेशी तथा विदेशी०को जमघट आफैंमा एउटा अवसर हो। त्यो अवसरलाई उत्पादनमूलक काममा कसरी लगाउने भन्ने विषय सरकार, राजनीतिक दल र निजी क्षेत्रले सोच्ने विषय हो।

त्यसका लागि आवश्यक नीति नियम तर्जुमा, कार्यान्वयन ढाँचा र मुलुकको आवश्यकता हेरी लगानी प्रोत्साहित गरिनुपर्छ। दुई दिने सम्मेलन नियाल्दा अन्तर्राष्ट्रिय प्रतिनिधिको उपस्थितिले बजारीकरणमा थोरै भए पनि सकरात्मक प्रभाव पार्नेछ।

यद्यपि, सम्मेलनअघि लगानी बोर्ड नेपाल, सरकार, राजनीतिक दल, निजी क्षेत्र र सञ्चार माध्यमले समेत विश्वका चर्चित उद्यमी व्यवसायीलाई बोलाइने डंका पिटेको सवालमा त्यो किसिमको उपस्थिति नदेखिँदा केही फितलो महसुस हुन्छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.