लक्ष्मीपूजामा भन्दा धेरै छ अहिले बिजुलीको माग

काठमाडौंमा कुनै समय पंखा नै चलाउनु पर्दैन थियो।

तर यतिबेला गर्मी खपिनसक्नु भएपछि एसी नै चाहिएला जस्तो हुन थालेको छ। गर्मीसँगै उपत्यकामा बिजुलीको माग पनि अत्यधिक छ।

उपत्यकामा मात्रै अहिले बिजुलीको माग ४०० मेगावाट रहेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोष बताउँछन्। उनका अनुसार यो देशभरको मागमध्ये सबैभन्दा धेरै हो।

उपत्यका मात्रै नभएर यतिबेला देशका धेरै ठाउँमा गर्मी बढेको छ। गर्मीसँगै बिजुलीको माग अत्यधिक बढेको छ।

प्रवक्ता घोषका अनुसार बुधबार देशभर २३०७ मेगावाट बिजुली खपत भएको हो। बुधबार खपत भएको बिजुली हालसम्मकै उच्च भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

यसअघि सबैभन्दा धेरै बिजुली खपत हिन्दुहरूको पर्व तिहारमा हुने गरेको थियो। घोषका अनुसार तिहारमा बढीमा दुई हजार मेगावाट हाराहारी बिजुली खपत हुन्थ्यो। गएको तिहारमा पनि १८०० हाराहारी बिजुली मात्रै खपत भएको थियो।

गर्मी र विद्युतीकरण पनि व्यापक हुँदै गएकाले विद्युत खपत बढेको प्रवक्ता घोष बताउँछन्।

ुनयाँ–नयाँ सबस्टेशनहरू चार्ज भइरहेका छन्। अनि लोड पनि बढिरहेको छ। काठमाडौं अनि अरू सहरमा मानिसहरूले नयाँ(नयाँ विद्युतीय उपकरण प्रयोग गरिरहेका छन्,ु उनले भने, ुविद्युतीय गाडीहरूको प्रयोग पनि बढेको छ। खाना पनि धेरैजसोले विद्युतबाट पकाउन थाल्नु भएको यसले गर्दा पनि विद्युत खपत बढेको छ।ु

अहिले देशभर बिजुलीको माग २५ सय मेगावाटभन्दा धेरै रहेको प्राधिकरणले जनाएको छ। तर उत्पादन भने १७०० देखि १८०० मेगावाट मात्रै हुँदै आएको छ।

विद्युत अपुग भएपछि नेपालले भारतबाट पनि बिजुली आयात गरिरहेको छ। अहिले नेपालले भारतको बिहारबाट १५० मेगावाटदेखि २०० मेगावाटसम्म बिजुली आयात गरिरहेको छ। त्योसँगै टनकपुरबाट पनि लगभग ६० मेगावाट बिजुली आयात गर्नु परेको छ।

उत्पादन कम हुँदै गएको र माग बढ्दै गएका कारण अहिले बिजुली पुर्‍याउन प्राधिकरणलाई धौधौ परेको छ। बिजुली अभावका कारण लोडसेडिङको अवस्था आए पनि प्राधिकरणले लोडसेडिङ घोषणा भने गरिसकेको छैन।

प्राधिकरणले ठाउँ(ठाउँमा बिजुली कटौती गरिरहेको छ। उद्योगीहरूले दैनिक घण्टौं लोडसेडिङको मार खेप्नु परेको गुनासो गर्दै आएका छन्।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.