यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य छ: पर्यटनमन्त्री तामाङ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङले यस वर्ष पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गरी कम्तीमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको बताए।

शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा नेपाल इन्टरनेसनल टुरिजम एक्सपोको उद्घाटन कार्यक्रममा आफ्नो धारणा राख्दै उनले सो कुरा बताएका हुन्।

सन् २०२३ मा १० लाख पर्यटक नेपाल आएकोमा सन् २०२४ मा कम्तीमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको मन्त्री तामाङको भनाइ छ।

सरकारले यस क्षेत्रको विकासको लागि पहिले लगाउँदै आएको हवाई टिकटको भ्याट र अन्य केही अनावस्यक कर हटाउने काम भइरहेको र यसको समाधान बजेट पास अघि नै गरिने उनले प्रष्ट पारे।

यसले सस्तोमा पर्यटक नेपालमा धेरै समय बस्न प्रोत्साहित हुनेछन्।
पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि यस क्षेत्रमा विभिन्न करहरू हटाउने कुरामा सरकार लागि परेको र संवोधन हुने उनले बताए।

विश्व पर्यटन बजारमा नेपाल घुम्नै पर्ने सूचीमा पर्ने हुँदा अब पुरानो गन्तव्य मात्र नभई पर्यटनको राम्रो सम्भावना देखिएको नयाँ गन्तव्यमा पूर्वाधार निर्माणको काम सरकारले सुरू गरिसकेको छ।

प्राकृतिक सम्पदा, हिमालको आरोहण गर्न आउने पर्यटक संख्यामा अझ बढोत्तरी गर्ने लक्ष्य सरकारको रहेको उनले बताए।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.