धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्तामै गएनन् उम्मेदवार

धितोपत्र बोर्डको अध्यक्षको लागि पहिलो चरणमा छनिएका पाँच उम्मेदवारमध्ये तीन जना नै अन्तर्वार्तामा सहभागी भएनन्।

छानिएकामध्ये सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्रै अन्तर्वार्तामा उपस्थित भए।

हाल नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा। नवराज श्रेष्ठ र बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जीवि चापागाई भने अन्तर्वार्तामै सहभागी भएनन्।

नेपाल धितोपत्र बोर्ड ऐन अनुसार छनोट समितिले बोर्डको अध्यक्षको नियुक्तिको लागि कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था गरेको छ। समितिले यसरी सिफारिस गरेको नामको आधारमा सरकारले एक जनालाई नियुक्ति गर्नुपर्ने व्यवस्था छ।

कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था रहेकोले यो संख्या नपुग्ने देखाउन अन्तर्वार्तामा छानिएकामध्ये तीन जना सहभागी नभएको बुझिएको छ। हामीले यस विषयमा छानिएका व्यक्तिहरूलाई सम्पर्क गर्दा उनीहरूको फोन अफ थियो।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठको संयोजकत्वमा बनेको समितिले पाँच जनाको नाम सिफारिस गरेको थियो। छनोट समितिले आइतबार बिहानै अन्तर्वार्ता लिएको थियो।

समितिलाई एक जनाले भने आइतबार नै उपस्थित हुन नसकेको र अर्को दिनको समय मागेका छन्। त्यसैले यो प्रक्रिया रद्द नहुने समिति स्रोतको दाबी छ।

पाँच महिनादेखि धितोपत्र बोर्ड नेतृत्व बिहिन छ। अध्यक्षको बहालीको लागि विभिन्न व्यावसायिक घरानाबीच द्वन्द्व रहेकोले पनि नियुक्ति प्रक्रिया लामो समयदेखि अघि बढ्न सकेको थिएन।

तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०ले यही साताभित्र अध्यक्ष नियुक्ति गर्न अर्थमन्त्रालयलाई भनेपछि यो प्रक्रिया अघि बढेको थियो। आगामी शुक्रबारसम्म अध्यक्षको रूपमा चुनिने व्यक्तिले जिम्मेवारी सम्हाल्न सक्ने गरी प्रक्रिया अगाडि बढाइएको हो।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.