चपुर–पथलैया प्रसारण लाइनमा रुख ढल्दा क्षति, विद्युत आपूर्ति प्रभावित

पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनअन्तर्गत चपुर–पथलैया सबस्टेसनको १३२ केभी प्रसारण लाइनमा रुख ढलेर क्षति पुगेको छ।

बिहीबार बिहान साढे ११ बजेतिर हावाहुरीले उक्त खण्डमा रुख ढल्दा प्रसारण लाइनमा क्षति पुगेको हो।

राष्ट्रिय प्रसारण प्रणालीको उक्त खण्डको लाइन क्षति पुग्दा देशभरको विद्युत आपूर्ति प्रभावित भएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दन घोषले बताए।

उनले वैकल्पिक व्यवस्था गरी क्रमिक रूपमा विद्युत आपूर्ति सुरू गर्ने काम भइरहेको उल्लेख गरे।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.