कोशी सरकारले ट्रक पार्किङ स्थल निर्माणमा छुट्यायो २ करोड

काठमाडौं। कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि ट्रक पार्किङ स्थल संरचना निर्माणका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

कोसी सरकारले मोरङको विराटनगरमा आगामी आर्थिक वर्ष २०८१र८२ मा ट्रक पार्किङ स्थल संरचना निर्माण साझेदारीका लागि २ करोड रुपैयाँ विनियोजन गरेको हो।

विराटनगरमा आफ्नै जग्गामा पार्किक स्थल निर्माणका लागि ट्रक व्यवसायी समितिले आवश्यक बजेट छुट्याइदिन प्रदेश सरकारलाई आग्रह गरेको थियो। सोही आग्रहबमोजिम आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट पार्किङ स्थल संरचना निर्माणका लागि बजेट विनियोजन भएको छ।

लाभ साझेदारीमा पार्किङ स्थल बनेसँगै पार्किङ गरिएबापत प्रतिट्रक सय रुपैयाँ उठाइने ट्रक व्यवसायी समिति विराटनगरका पूर्वअध्यक्ष मेघराज सिग्देलले जानकारी दिए। त्यसमध्ये ४० रुपैयाँ प्रदेश सरकारलाई दिनुपर्ने र ६० रुपैयाँ पार्किङ स्थलको व्यवस्थापन गरिनेछ।

पार्किङ स्थल बूढीगंगा गाउँपालिकामा बन्ने भएको छ। पूर्वअध्यक्ष सिग्देलले ट्रक पार्किङमा समस्या भइरहेको अवस्थामा यसरी प्रदेश सरकारले बजेट विनियोजन गरेर पार्किङ स्थल निर्माण गरिदिनु स्वागतयोग्य भएको बताए।

उनले अन्य प्रदेश सरकारले पनि ट्रक पार्किङ स्थल निर्माणका लागि बजेट छट्याउनुपनेमा जोड दिए।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.