ग्लोबल आइएमई बैंक र नास–आइटीबीच दिगो साझेदारीसम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंक र नेपाल एसोसिएसन अफ सफ्टवेयर एन्ड आइटी सर्भिसेस ९नास–आइटी० बीच दिगो साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

सम्झौतामा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा नास–आइटीका अध्यक्ष रिचन श्रेष्ठको उपस्थितिमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत दिलिप पोखरेल र नास–आइटीको तर्फबाट संस्थाका कोषाध्यक्ष अभय पौडेलले हस्ताक्षर गरे।

नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१र८२ को बजेटमा आगामी वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षको रूपमा मनाउने गरी यस क्षेत्रलाई प्राथमिकतामा राखेको छ।

राज्यको प्राथमिकतामा रहेको यस क्षेत्र अर्थतन्त्रको सम्बाहकको रूपमा रहेको र बैंक पनि सदैव राज्य प्रति उत्तदायी संस्थाको रूपमा रहेकोले यो सम्झौता अघि बढेको जानकारी गराउँदै बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकले सूचना प्रविधिको क्षेत्रमा गरेको लगानी र प्रयोगहरूको बारेमा समेत बताए।

यो सम्झौता नेपालमा सूचना प्रविधिको विकास, विस्तार र व्यवसायीकरणमा कोसेढुंगा सावित हुने पोखरेलले उल्लेख गरे।

७७ जिल्लाको ३५४ वटा शाखा कार्यालयहरूबाट भौतिक रूपमा बैंकिङ सुविधा प्रदान गरिरहेको बैंकले आफ्नो मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिजिटल युनिभर्स जस्ता प्लाटफर्मले थप पहुँच विस्तार गरेको छ।

यस बैंकमा प्रत्यक्ष रूपमा ४८ लाखभन्दा बढी ग्राहकहरूले उत्कृष्ट बैंकिङ सुविधा प्राप्त गर्नु बैंकले गरेको सूचना र प्रविधि क्षेत्रमा उचित लगानी, नवीनतम प्रविधिमा आधारित सेवाहरू तथा ग्राहकको विवरण सुरक्षणमा बैंकले लिएको पहलको उपजको रूपमा समेत लिन सकिन्छ।

बैंकका सेवाग्राहीहरूलाई छिटो र सजिलोसँग उत्कृष्ट सेवा उपलब्ध गराउनु बैंकले सूचना प्रविधिमा अंगालेको नीतिको रूपमा लिन सकिन्छ।

यस दिगो साझेदारी सम्झौताअन्तर्गत बैंकले नास–आइटीसँग सम्बन्धित संस्था र आबद्ध कर्मचारीहरूको लागि सहज तथा सुलभ तवरले बैंकिङ सेवा प्रदान गर्ने बताइएको छ।

बैंक नास–आइटीको नवस्थापित दिगो कोषलाई सहयोग गर्ने पहिलो दिगो साझेदार बनेको छ।

बैंक र नास–आइटीको आपसी सहकार्यमा नवाचार र अनुसन्धानलाई प्रवर्द्धन, स्टार्टअपहरू र साना व्यवसायहरूलाई समर्थन, शिक्षा र सीप विकासलाई प्रवर्द्धन, सामुदायिक संलग्नता र सामाजिक जिम्मेवारीलाई प्रोत्साहन गर्नेछ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.