मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य थोरै बढेको छ भने युरो, अस्ट्रेलियन डलर, कुवेती दिनारसहित केही विदेशी मुद्राको मूल्य घटेको छ। त्यस्तै पाउन्ड, बहराइन दिनारसहितका केही मुद्राको मूल्य पनि बढेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३० पैसा र बिक्रीदर १३३ रुपैयाँ ९० पैसा निर्धारण भएको छ।

हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८८ थियो। विगत तीन दिनसम्म स्थिर रहेको अमेरिकी डलरको मूल्य आज थोरै बढेको हो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४५ रुपैयाँ १० पैसा थियो।

त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ९६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ७३ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७० रुपैयाँ ७३ पैसा र बिक्रीदर १७१ रुपैयाँ ५० पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९० रुपैयाँ २६ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९० रुपैयाँ ३७ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४३७ रुपैयाँ ५८ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३५ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४३७ रुपैयाँ ३२ पैसा थियो।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५५ रुपैयाँ २१ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३५५ रुपैयाँ १५ पैसा थियो।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.