सेयर बजार : २९ महिनापछि परिसूचक २५ सय अङ्कको बिन्दुमा

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झन्डै २९ महिनापछि २५ सय अङ्कको बिन्दुमाथि पुगेको छ । विगत लामो समयसम्म ‘बियरिस ट्रेन्ड’मा रहेको नेप्से परिसूचकले आज २५ सय अङ्कको बिन्दु पार गरेको हो ।

यसअघि २०७८ चैत अन्तिममा २५ सय अङ्कको बिन्दुमाथि थियो । त्यसपछि निरन्तर घट्दै परिसूचक १८१९ अङ्कसम्म झरेको थियो । तर लामो समयसम्म ‘बियरिस ट्रेन्ड’मा बसेपछि आज यो समाचार तयार पार्दासम्म परिसूचक बढेर २५ सय ३० अङ्कमा पुगेको छ ।

यस क्रममा आज ४२.४७ अङ्कले परिसूचक बढेको छ । यो १.७० प्रतिशतको वृद्धि हो । यो समाचार तयार पार्दासम्म ५ अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको १ करोड ६८ लाख कित्ता सेयर किनबेच भएको छ ।

दुई ठुला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता साझेदारीसँगै नेप्से परिसूचक उकालो लाग्न थालेको थियो । सरकार बनाउने सम्झौता भएको दिन असार १७ गतेसम्म परिसूचक २०३७ अङ्कमा थियो । असार १७ गते राती सम्झौता हुनुभन्दा अगावै बजारमा दुई राजनीतिक दलले सरकार गठन गर्ने हल्ला चलेपछि बजार बढ्न थालको थियो ।

त्यसयता नेप्से परिसूचक झन्डै ५०० अङ्कले बढिसकेको छ । यस क्रममा नेप्सेमा कारोबार रकम समेत बढ्न थालेको छ । यसअघि दैनिक औसतमा ३ अर्ब रुपैयाँ हाराहारीको कारोबार हुने नेप्सेमा यति बेला १० अर्बमाथिको कारोबार हुन थालिरहेको छ ।

सबैजसो बाह्य सूचक सकारात्मक स्थितिमा छन् । यस्तै बैंकमा लगानीयोग्य रकम ६ खर्ब छ । यस्तो अवस्थामा अर्थ मन्त्रालयको नेतृत्वमा विष्णु पौडेल आएपछि लगानीकर्ताको मनोबल बढेको बताइन्छ । विगतको इतिहास हेर्दा अर्थ मन्त्रालको नेतृत्वमा पौडेल हुँदा नेप्से परिसूचक ‘अलटाइम हाइ’मा पुगेको कीर्तिमान छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.