करदाताले करचुक्ता प्रमाणपत्र अनिवार्य लिनैपर्छ भन्ने छैन : आन्तरिक राजश्व विभाग

आन्तरिक राजश्व विभागका महानिर्देशक शिवलाल तिवारीले सबै करदाताले करचुक्ताको प्रमाणपत्र अनिवार्य लिनुपर्छ भन्ने नभएको बताएका छन् ।

मंगलवार भक्तपुरमा भएको एक कार्यक्रममा तिवारीले यस्तो बताएका हुन् । उनले कुनै पनि कम्पनीले करचुक्ताको प्रमाण आवश्यकताअनुसार लिन सक्ने बताए। उनले कर चुक्ता अनिवार्य नभएको भन्दै आवश्यकताअनुसार लिन आवश्यक रहेको बताए ।

उनले ६३ लाख करदाता रहेको भन्दै घरबाट नै आवश्यक भएको खण्डमा करचुक्ताको प्रमाणपत्र प्रिन्ट गर्न सकिने बताए ।

‘कर चुक्ताको विषय छ। कुनै पनि कम्पनीले करचुक्ताको प्रमाण लिनुपर्छ भन्ने छैन। जसलाई आवश्यक छ उसैले बनाउने हो । कर चुक्ता अनिवार्य चाहिन्छ भन्ने छैन‚’ उनले भने, ‘६३ लाख करदाता हुनुहुन्छ । घरबाट नै आवश्यक भएको खण्डमा करचुक्ताको प्रमाण पत्र प्रिन्ट हुन्छ। हिसाब मिलान नहुँदा करचुक्ता प्रमाणपत्र दिन ढिला भएको हो ।’

उनले करदाता सबै इमान्दार नभएको पनि बताए । उनले अहिले एसेसमेण्ट गरेको कर पछि तिर्न पाउनुपर्ने भन्दै करदाता अदालतमा गएको देखिएको बताए ।

उनले २० वर्षसम्मका पुराना मुद्दा र फाइलहरु जिल्ला, उच्च, पुनरावेदन र सर्वोच्च अदालतमा फर्छ्योट गर्न बाँकी रहेको बताए । उनले आन्तरिक राजश्व विभागको प्रशासनिक अदालतमा १ हजार ७६३ प्रशासनिक पुनरावेदनमा मुद्दा रहेको बताए ।

‘करदाता सबै इमान्दार हुन्छन् भन्नसक्ने अवस्था हुँदैन। अहिले एसेसमेन्ट गरेको कर अहिले तिर्नुभन्दा पछि दिँदा राम्रो हुने देखेर करदाता अदालतमा गएको देखिन्छ‚’ उनले भने, ‘२० वर्षसम्मका पुराना मुद्दा र फाइलहरु जिल्ला,उच्च,पुनारावेदन र सर्वोच्च अदालतमा बाँकी छन्। विभागमा पनि १० वर्ष पुराना मुद्दाहरु बाँकी छन् ।’

उनले प्रशासनिक पुनरावेदनमा मुद्दाहरु बढेर गइरहेको भन्दै अब फाइल घटाउनेभन्दा पनि मुद्दा घटाएर टुंगो लगाउनुपर्ने बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.