सरकारसँग कुल बजेटको ६६ प्रतिशत अनिवार्य दायित्व रहेको छ। सरकारसँग कुल बजेट १८ खर्ब ६० अर्बको ६६ प्रतिशत अनिवार्य दायित्व रहेको अर्थ मन्त्रालयले जनाएको हो ।
शुक्रबार प्रतिनिधि सभा अन्तरगतको अर्थ समितिमा ‘अर्थतन्त्रको वर्तमान अवस्था र आगामी कार्ययोजना’ विषयमा बोल्दै अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माले उक्त कुरा बताएका हुन् ।
‘१८ खर्ब बजेट मध्ये १२ खर्ब ३७ अर्ब अनिवार्य दायित्व छ । यो कुल बजेटको ६६ प्रतिशत हुन्छ,’ सहसचिव शर्माले भने । पछिल्ला दिनमा आन्तरिक र बाह्य रिणको अवस्था उस्तै हुन लागेको र आन्तरिक रिणमा ब्याजको जोखिम बढेको उनले बताए ।
‘वैदेशिक भन्दा आन्तरिक श्रृणको साँवा/ब्याजले सरकारलाई बढी प्रेसर परेको छ । वैदेशिक सहायता पनि घट्न थालेको छ,’ उनले भने ।